Websoft University

प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दाको सुनुवाई संवैधानिक इजलासमा आज पनि सुनुवाई हुदै,


काठमाण्डौ जेठ १८ गते । रातो तारा डट कम, प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाई आज पनि संवैधानिक इजलासमा निरन्तर रहने भएको छ । अस्ति भएको सुनुवाइको क्रममा कानुन व्यवसायीले इजलासमा रहेका केही न्यायाधीशको बारेमा प्रश्न उठाएपछि सुनवाइ रोकेर हेर्दाहेर्दैमा आजका लािग राखिएको थियो । न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ इजलासमा रहने कि नरहने भन्ने टुङ्गो आज इजलासबाटै लाग्ने सम्भावना छ । विघटित प्रतिनिधि सभाका १ सय ४६ जना सदस्यका वकिलहरूले न्यायाधीश केसी र श्रेष्ठले इजलास छाड्नु पर्ने माग गर्दै आएका छन् । दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटनसँग सम्बन्धित ३० वटा रिट निवेदनको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूसहित न्यायाधीशहरु दीपककुमार कार्की, आनन्द मोहन भट्टराई, केसी र श्रेष्ठ रहेको इजलास तोक्नुभएको छ । प्रधानन्यायाधीश जबराले संयुक्त रूपमा र न्यायाधीशहरूबीच बेग्ला–बेग्लै हिजो छलफल गर्नुभएको   छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.