Websoft University

कोरोना सङ्क्रमणका कारण त्रिविका २३ प्राध्यापक तथा कर्मचारीको निधन


काठमाण्डौ जेठ १८ गते । रातो तारा डट कम,नोबेल कोरोना भाइरसको सङ्क्रमणका कारण त्रिभुवन विश्वविद्यालयका २३ जना प्राध्यापक तथा कर्मचारीको निधन भएको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालका अनुसार ११ शिक्षक र १२ कर्मचारीको कोरोनाका कारण निधन भएको हो । सहप्राध्यापकद्वय किशोर महर्जन र डा. शेरजङ्ग खड्का, उपप्राध्यापक शङ्कर सुवेदी, विनय प्रसाईँ, दीपक मैनाली, निमा शेर्पा र उमेश यादव, शिक्षण सहायक धर्मेन्द्र महर्जन र डोलबहादुर भण्डारी तथा आंशिक शिक्षक मनोज चौरसिया र नवीन कर्णको कोरोना सङ्क्रमणका कारण निधन भएको त्रिभुवन विश्वविद्यालयले जानकारी दिएको छ । अहिलेसम्म ६ सय १६ जना शिक्षक, कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको पनि जनाइएको छ । कोरोना सङ्क्रमण बढेका कारण त्रिविका ७९ शिक्षण एकाइले पूर्ण रुपमा र ३० वटा निकायले आंशिक रुपमा अनलाइन कक्षा सञ्चालन गरिरहेको महाशाखा प्रमुख दाहालले जानकारी दिनुभयो । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.