Websoft University

यो वर्ष पनि एसईई, विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै नतिजा प्रकाशन गरिने


काठमाण्डौ जेठ १८ गते । रातो तारा डट कम,सरकारले २०७७ सालको एसईईको नतिजा आन्तरिक मूल्याङ्कनबाट सार्वजनिक गर्ने निर्णय गरेको   छ । हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारीका कारण परीक्षा हुन नसकेकाले आन्तरिक मूल्याङ्कन विधिबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । शिक्षा मन्त्री श्रेष्ठका अनुसार विद्यालयद्वारा गरिएको अन्तिम मूल्याङ्कनको विवरण सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा पठाउने र इकाइले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउने गरी समन्वय गरिने छ । आन्तरिक मूल्याङ्कनको कार्यविधि राष्ट्रिय परीक्षा बोर्डले बनाउन सक्नेछ । सरकारको निर्णयलाई नेपाल राजपत्रमा प्रकाशित गरिने मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । महामारीका कारण गत वर्ष पनि आन्तरिक मूल्याङ्कन विधिबाटै एसईई नतिजा सार्वजनिक गरिएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.