Websoft University

सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण गर्दै गछिया जेसीजले मनायो ८औं वार्षिकोत्सब!

 


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा स्थित गछिया जेसीजले सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्दै आफ्नो ८ औं स्थापना दिवस मनाएको छ।


जेसीजले वार्षिकोत्सवको अवसरमा सोमबार कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा पनि अग्रपंतिमा रहेर खटिरहेका सुरक्षाकर्मीहरूको स्वास्थ्य सुरक्षाको निम्ति मास्क सेनिटाइजर, फेस सिल्ड लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको छ।जेसीजले गछिया प्रहरी चौकीका प्रहरीहरुलाई उक्त सामाग्री वितरण गरेको गछिया जेसिजका अध्यक्ष रविन सिटौलाले बताएका छन्। 

२०१४ मा स्थापना भएको गछिया जेसीजले स्थापनाकाल देखिनै रक्तदान, राहत वितरण, सरसफाई कार्यक्रम लगायत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको र आगामी दिनहरुमा पनि गछिया जेसिज समाज रुपान्तरणका लागि निरन्तर रूपमा लागि परिरहने अध्यक्ष सिटौलाले बताएका छन्।

त्यसैगरी स्वास्थ्य सामाग्री वितरण गरेर आफ्नो काम गर्ने हौसला बढाएकोमा सुरक्षाकर्मीहरूले गछिया जेसिजलाई धन्यवाद दिँदै यस संस्थाले अझै विभिन्न सामाजिक कार्यहरू गर्दै अगाडि बढोस् भनी शुभकामना व्यक्त गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.