Websoft University

काठमाडौँ उपत्यकाको निषेधाज्ञा आजबाट कडाइका साथ लागु हुने–अनावश्यक पास बोकेर घुमफिर गर्न नपाइंने


काठमाण्डौ जेठ १४ गते । रातो तारा डट कम,काठमाडौँ उपत्यकामा नोबेल कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा कार्यान्वयनका लागि आजदेखि थप कडाइ गरिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशबमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई नगद जरिवाना तथा कैद सजाय हुने गरी जाँचलाई तीव्रता दिइएको उपत्यकाका जिल्ला प्रशासन कार्यालयलेजानकारी दिएकाछन् ।

यसका लागि उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालय, महानगरीय प्रहरी र ट्राफिक प्रहरीबीच सहकार्य हुनेछ । आफूखुसी सडकमा हिँड्डुल गर्ने, निषेधाज्ञाको पालना नगरी व्यवसाय सञ्चालन गर्ने र अनुमतिबिना सवारीसाधन चलाउनेलाई एक सयदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था अध्यादेशमा छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले विपन्न, असहाय र गरिब परिवारका लागि स्थानीय वडा तहबाट राहतको व्यवस्था गरिएको बताउनुभयो । 

उपत्यकामा कोरोना सङ्क्रमण बढ्नुका कारणमध्ये खाद्य तथा किराना पसल पनि एक भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को निष्कर्ष छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले निषेधाज्ञा उल्लङ्घन गर्नेलाई आज जरिवाना लिन सुरु गरिने बताउनुभयो । 

काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको केही दिनअघिको बैठकले काठमाडौँ उपत्यकामा खाद्य तथा किराना पसल र डिपार्टमेन्ट स्टोर, सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन एक साताका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो । अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सुरक्षागार्डबाहेकका लागि आवतजावतका लागि निश्चित समय निर्धारण गरिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.