Websoft University

आज नेपाल र इराकबिच फुटवल खेल हुने


काठमाण्डौ जेठ १५ गते । रातो तारा डट कम,नेपालले आज इराकविरुद्ध मैत्रीपूर्ण फुटबल खेल खेल्न लागेको छ । इराकको बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा नेपालले इराकसँग खेल्न लागेको हो । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति सवा १० बजेबाट सुरु हुनेछ ।

मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय टोली बुधबार नै बसरा पुगिसकेका छन् । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफू भन्दा उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । 

फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३ औं स्थान माथि रहेको छ । नेपाली टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताईरीले यस पटक नेपाली टिममा ठुलो परिवर्तन गर्नुभएको छ । पछिल्लो समय थ्री नेसन्स कपको उपाधि विजेता टोलीबाट उहाँले १० खेलाडीलाई मात्रै टिममा लिनुभएको छ । 

उहाँले ६ नयाँ खेलाडीलाई टोलीमा अवसर दिनुभएको छ । अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोलि कुवेत जानेछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.