Websoft University

बुद्धशान्तिका तीन संस्थाले गरे पत्रकार महासंघ झापा शाखालाई आर्थिक सहयोग

 जेठ १६, बुद्धशान्ति । रातो त


सरा डट कम, कोरोना कहरका बेलामा अग्रपंतिमा खटेर कामगर्ने झापाली पत्रकारहरुको संगठन नेपाल पत्रकार महासंघ झापा शाखालाई बुद्धशान्तिका तीनवटा संस्थाले आर्थिक सहयोग गरेका छन् ।

आइतबार बुधबारेमा आयोजित एक कार्यक्रममा बुधबारे जेसीजले कोरोना महामारीमा खटिने झापाका पत्रकारलाई स्वास्थ्य सामग्री र सहयोगका लागि नेपाल पत्रकार महासंघ झापालाई ७ हजार आर्थिक सहयोग गरेको छ ।

 सो रकम बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गरेका छन् । सोहि कार्यक्रममा जोइन्ट हेन्ड युथ सोसाइटी बुद्धशान्तिले पनि पत्रकार महासंघ झापा शाखालाई ७ हजार रुपैँया सहयोग गरेको छ ।

सो सहयोग जोइन्ट हेन्ड युथ सोसाइटीका उपाध्यक्ष अनिल वाग्ले, सचिव गोकुल पौड्याल र सदस्य केशव तिम्सिनाले अध्यक्ष गिरीलाई हस्तान्तरण गरेका जोइन्ट हेन्ड युथ सोसाइटीका अध्यक्ष सञ्जील प्रसाईले जनाएका छन् ।

त्यस्तै सोहि अवसरमा बुद्धशान्ति उद्योग वाणिज्य संघको पहलमा नेपाल पत्रकार महासंघ झापालाई पाँच हजार तीन सय रुपैँया हस्तान्तरण गरिएको छ । सो रकम बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र उप्रेतीले महासंघ झापा शाखा अध्यक्ष गिरीलाई रकम हस्तान्तरण गरे । पत्रकार महासंघ झापाका जिल्ला सदस्य अनिल वाग्लेको पहलमा सो सहयोग रकम हस्तान्तरण भएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.