Websoft University

वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड बराबरको बजेट सार्वजनिक


काठमाण्डौ जेठ १६ गते । रातो तारा डट कम,स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड बराबरको बजेट सार्वजनिक भएको छ । स्वास्थ्य क्षेत्रमा आगामी आर्थिक वर्षका लागि झन्डै ३३ अर्बले बजेट वृृद्धि गर्दै बिनियोजन गरिएको छ । कोरोना महामारीलाई केन्द्रित गरी सार्वजनिक गरिएको बजेटमा सरकारले महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । 

कोरोना महामारीविरुद्धको लडाइँमा सरकारले खोपलाई प्राथमिकतामा राखेको छ भने सबै अस्पतालमा अक्सिजन प्लान्ट जडान, सिलिन्डर खरिद, अक्सिजन उद्योग स्थापनालाई प्राथमिकतामा राखिएको छ ।दुई आर्थिक वर्षदेखि कोरोना महामारीको चपेटामा रहेको बेला सरकारले ल्याएको बजेटमा स्वास्थ्य उपकरण खरिद, औषधि उपकरण खरिद, सबै अस्पतालमा कोरोना सङ्क्रमित उपचारका लागि सेन्ट्रल कमाण्डको अवधारण ल्याइएको छ ।

नेपाललाई पूर्ण खोपयुक्त घोषणा, प्रमूख प्रवेश नाकामा स्वास्थ्य जाँचका लागि पूर्वाधार निर्माण,  क्वारेन्टाईन विस्तार, होल्डिंग सेन्टर निर्माण, सबै प्रदेशमा सरुवारोग अस्पताल निर्माण, काठमाडौंमा ३ सय शैयाको सरुवारोग अस्पताल बनाउने घोषणा गरेको छ । निरोगी नेपाल अभियान लगायतका पुरानै कार्यक्रमहरु पनि बजेटमा समेटिएको छ । 

सरकारले खोपमा सबैको सनिश्चितता, आगामी आर्थिक वर्षभित्र बीमामा सबैको पहुँच, टेलिमेडिसिन सेवा, ५२ हजार स्वास्थ्य स्वंसेविकाको यातायात भत्ता शतप्रतिशत वृद्धि, स्वास्थ्य विज्ञान प्रतिष्ठान, आयोग अनुसन्धानका कार्यक्रमले पनि यसपटक बजेटमा समावेश गरिएको छ । अघिल्लो बर्ष तुलनात्मक रुपमा बजेट कम भयो भनेर स्वास्थ्य क्षेत्रले असन्तुष्टि जनाएको थियो भने यो वर्ष सकारात्मक रुपमा लिएका छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.