Websoft University

विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो ः नेपाल चेम्वर अफ कमर्श

 


विराटनगर, १३ जेठ । रातो तारा डट कम, विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो भएको नेपाल चेम्वर अफ कमर्शलेबताएकोछ । सामाजिक विकास मन्त्री उषाकला राईले भेटी चेम्वर अफ कमर्शको प्रदेश र जिल्ला समितिको प्रतिनिधि मण्डलले प्रदेश १ सरकारले ल्याउन लागेको विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ को अवधारणा राम्रो रहेको बताएको हो । 

चेम्वर अफ कमर्शका प्रदेश १ अध्यक्ष सुरेशमान श्रेष्ठले अवधारणा राम्रो भएपनि चुनौतिपूण रहेको बताउनुभयो । उहाँले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’बारे लक्षित वर्ग समक्ष जानकारी दिन आवस्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ स्वास्थ्य वीमा पनि लक्षित वर्गमा पुग्न सकेन ।’ स्वास्थ्य वीमाको लाभ हुनेखानेहरुले मात्र लिईरहेको बताउनुभयो । उहाँलाई मन्त्री राईलाई सूचीकरण गरेर कार्यक्रम गर्दा राम्रो हुने सुझाव दिनुभयो । अध्यक्ष श्रेष्ठले कार्यक्रमको प्रचार प्रसारका लागि सामाजिक संघ संस्थाहरुसँग सहकार्य गर्नुपर्नेमाजोड दिनुभयो । 

चेम्वर अफ कमर्श विराटनगरका कार्यवहाक अध्यक्ष सुरेन्द्र गोल्छाले विपन्न वर्गले थाहा पाउने गरिको एप्स निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले एप्स निर्माणमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रम राम्रो रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले स्थानीय उद्योगलाई पनि प्रर्वद्धन 

विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिनेगरि प्रदेशवासीबाट सहयोग संकलन गरि उपचार कोष निर्माणको अवधारणा अघि सारिएको सामाजिक विकास मन्त्री राईले बताउनुभयो ।  उहाँले लक्षित वर्गले थाहा पाउने गरि कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो ।

अभियानमा प्रदेश १ का कुनैपनि नागरिक नछुटुन भनेर न्युनतम १० रुपैयाँदेखि अधिकतम जतिपनि कोषमा राख्न सकिने गरिको अवधारणा तय गरिएको मन्त्री राईले बताउनुभयो । गरिव जनता स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस भनेर अवधारणा ल्याईएको उहाँले बताउनुभयो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.