Websoft University

टिकटक बनाउदा मृत्यु

 


रगाईघाट १३ जेष्ठ । रातो तारा डट कम,टिकटकको लागि भिडियो बनाउने क्रममा घाटिमा सल बेरीएर बुधबार साझ एक बालिकाको मृत्यु भएको छ । भान्सामा बाबु आमा खाना खादै गर्दा अर्को कोठामा सलको पासो घाटिमा बाधेर भिडियो बनाउदै गर्दा मुढा बाट अचानक चिप्लिएर चौदण्डीगढी नगरपालिका ९ हडियाका जीत बहादुर बस्नेतका ११ वर्षिया छोरी संजीताको मृत्यु भएको हो । दुई वटा मुढा खप्टाएर भिडियो बनाउदै गर्दा अचानक मुढा खस्दा सलले घाटिमा बेरीदा तत्कालै उनको मृत्यु भएको पारिवारीक सो्रतले जनाएको छ । भिडियो बनाउन उनले मोवाईल धरीनमा राखेर खिचेको पाईयो । घाटिमा सलको पासो बनाई वाईवाई गरेको भिडियो रहेको मृतकका बुवा जीत बहादुरले भने । प्रहरीले बालिका आफनै घरमा सलले घाटि बाधेर झुण्डीएको अबस्थामा फेला परेको जनाएको छ । “भिडियो फुटेजमा बालिका पासो लगाएर झुण्डीएको देखीन्छ ।” जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपि भिम बहादुर दाहालले बताए । घटनाको अनुसन्धान भैरहेको बिस्तृत कुरा पछि आउने उनले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.