Websoft University

कटारी नगरपालिकाले कोरोना संक्रमण बाट मृत्यु भएका परिवार लाई प्रतिमृतक २५ हजार रुपैया आर्थिक सहायता उपलब्ध गराउने


गाईघाट १३ जेष्ठ । रातो तारा डट कम,कटारी नगरपालिकाले कोरोना संक्रमण बाट मृत्यु भएका परिवार लाई प्रतिमृतक २५ हजार रुपैया आर्थिक सहायता उपलब्ध गराउने भएकोछ । नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले प्रति मृतक परिवार २५ हजार रुपैया नगद संगै होम आईसोलेसन किट समेत उपलब्ध गराउने निर्णय गरेको हो । संक्रमण बाट ज्यान गुमाएका नगरवासिलाई सहयोग गर्ने उदेश्यले आर्थिक सहयोग उपलब्ध गराउन लागिएको मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । “एकै परिवारमा एक भन्दा बढि ब्यक्तिको मृत्यु भएमा सहयोग रकम थप गरिदै दिने छौ ।” मेयर श्रेष्ठले भने । कोरोना पुष्टि संगै वडाको सिफारिसको आधारमा रकम उपलब्ध गराउछौ । त्यसैगरी संक्र्मित परिवार लाई औषधि , माक्स , सेनिटाईजर लगायतका स्वास्थ्य सामागी्र पनि नगरपालिकाले बितरण गरिने उनले बताए । कटारी नगरपालिकामा अहिले सम्म कोरोना बाट ५ जनाको मृत्यु भैसकेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.