Websoft University

उदयपुरमा शुक्रबार ७८ जना कोरोना संक्रमित थपिए

 


गाईघाट १४ जेष्ठ। रातो तारा डट कम,उदयपुरमा शुक्रबार ७८ जना कोरोना संक्रमित थपिएकाछन । यो संगै संक्रमितको संख्या १ हजार १ सय २ जना पुगेको छ । परिक्षणको दायरा बढाउदै गर्दा संक्रमित को संख्या पनि बढ्दै गएको हो । ७८ जना संक्रमित मध्ये ७० जना कोरोना संक्रमित त्रियुगा नगरपालिका क्षेत्रको रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । यस्तै वेलका नगरपालिकामा ३ महिला र  २ पुरुष गरी ५ जना, चौदण्ढीगढीमा २ महिला र उदयपुरगढी गाउपालिकामा १ पुरुषमा कोरोना पुष्टि भएको हो  । बेलका नगरपालिका २ का  ६५ वर्षिय पुरुषको बिराट मेडिकल कलेज बिराटनगर मा बिहिबार साझ उपचारको क्रममा मृत्यु भएकोछ ।  अहिले सम्म कोरोना बाट १० महिला सहित ३१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदी ले बताए । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.