Websoft University

औषधी कालोबजारी गर्ने १ जना पक्राउ


बिराटनगर जेठ १६ गते । रातो तारा डट कम, विराटनगर महानगरपालिका वडा नं .१५ रानी स्थित जनता मेडिकल स्टोर संचालन गरी सोही स्थान बस्ने बर्ष ३५ को रवि कुमार रजकले निजको घर कोठामा फिजिसियन स्याम्पलका औषधी, मुटु सम्बन्धी औषधी, पेनकिलर, एन्टिबाईटिक,

ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधी र सेनीटाईजर लगायतका ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरू भण्डारण गरी झुक्याई बिक्री बितरण साथै औषधी अवैध जम्मा खोरी गरी कालो बजारी गरेको भन्ने बिशेष सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उक्त औषधी लगायतका सामानहरू सहित निजलाई पक्राउ गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान कार्य भई रहेकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.