Websoft University

सुन्दरहरैँचा नगरपालिकाद्वारा कृषकलाई अनुदान वितरण!


मोरङ । रातो तारा डट कम,सुन्दरहरैंचा नगरपालिकाले २६ जना किसानलाई व्यवसाय प्रवर्धनका लागि अनुदान दिएको छ। आज आईतबार नगरपालिकामा आयोजित कार्यक्रममा  उपप्रमुख धनमाया तामाङ र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा कृष्ण बहादुर घिमिरे ले अनुदान वापतको रकम हस्तान्तरण गरेका हुन्।


कार्यक्रमका प्रमुख अतिथि डा. घिमिरेले अनुदानको रकम सही सदुपयोग हुनेमा नगरपालिका विश्वस्त रहेको बताएका छन्।


कार्यक्रममा बोल्दै उपप्रमुख तामाङले नगरपालिकाले कृषि क्षेत्रमा उल्लेख्य बजेट  विनियोजन गरिएको बताइन्।त्यसैगरी पशुपंक्षि शाखाका प्रमुख जीवन चापागाइले ५० प्रतिशत लागत साझेदारीमा किसानलाई अनुदान दिइएको बताए।उनले बिचौलिया प्रवृतिको अन्त्य गर्न किसानलाई नै आवश्यक सामान किन्न लगाएर नगरपालिकाले अनुगमन गरी ५० प्रतिशत अनुदान दिइएको बताए।उनका अनुसार न्यूनतम २० हजार देखि १ लाख ५० हजार रुपैयाँ सम्म अनुदान दिइएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.