Websoft University
Latest Post


विराटनगर ÷ साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा नेपाली लेखक संघ मोरङले कवि गोष्ठी आयोजना गरेको छ ।

संघले राणा शासनविरुद्ध आन्दोलनको विगुल फुक्ने कोइराला निवासमा कविगोष्ठी आयोजना गरेको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वीपीको साहित्यिक योगदानको चर्चासमेत गरियो । कार्यक्रममा मेयर कोइरालाले वीपीलाई जन्मजयन्ती र स्मृति दिवसमा मात्रै होइन हरेक दिन सम्झिनुपर्नेमा जोड दिनुभयो । वीपीको विचार र सिद्धान्तअनुसार नेपालको राजनीति अघि नबढेकै कारण मुलुक समृद्धि नभएको विचार व्यक्त गर्नुभयो । साहित्य र राजनीति दुवै क्षेत्रमा वीपीको योगदान उच्च रहेको उहाँको भनाइ थियो ।

लेखक संघ मोरङका अध्यक्ष दिङ्लाली कान्छोको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा, प्राज्ञ विवश पोखरेल, गंगा सुवेदी, नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तिनाथ माझी, विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंलगायतले वीपी कोइरालाको बहुआयामिक व्यक्तित्वका विषयमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा विराटनगरसहित इटहरी, दुहबी, झोराहाट, दर्वेशालगायतका स्थानबाट उपस्थित कविहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रम लेखक संघ मोरङी सचिव शुभलक्ष्मी लम्सालले सञ्चालन गर्नुभएको थियो ।


विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भाषा, कला र संस्कृतिमा विराटनगर धनी रहेको बताउनुभएको छ ।

हलुलाई समाज कल्याण सेवा समिति केन्द्रीय कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दैै मेयर कोइरालाले विराटनगर सानो भूगोलभित्र विभिन्न जातजाति, भाषा, धर्म र सम्प्रदायको बसोबास रहेको बताउनुभयो । सबै जातजाति र सम्प्रदाको बेग्लाबेग्लै भाषा, संस्कृति र रहनसहन हुनुले विराटनगर सांस्कृतिक रुपमा धनी सहर भएको उहाँको भनाइ थियो ।

अनेकतामा एकता भएकै कारण सामाजिक रुपमा विराटनगरको विशिष्ट स्थान रहेको मेयर कोइरालाले बताउनुभयो । आधुनिकताको विकाससँगै धेरै जातजातिको भाषा र संस्कृति लोप हुँदै गएकोमा उहाँले चिन्तासमेत व्यक्त गर्नुभयो । मेयर कोइरालाले आफ्नो धर्म, संस्कृति र परम्परालाई बचाइराख्न सबैलाई आग्रसमेत गर्नुभयो । आफ्नो संस्कृतिको संरक्षणमा हलुवाई समाज लागिपरेकोमा उहाँले प्रशंसासमेत गर्नुभयो । कार्यक्रममा हलुवाई समाजका अग्रजहरुलाई सम्मानसमेत गरिएको थियो ।


बिराटनगर |  विराटनगर रथयात्रा २०८० को अवसरमा रथको फाईदा उठाउदै विभिन्न संकास्पद गतिविधीमा सम्लग्न र विगतमा विभिन्न अपराधीक गतिविधी समेतमा सम्लग्न रहेका ३० जना पुरूष र ८ जना महिला (६ जना नेपाली, ३२ जना भारतीय) समेत गरी जम्मा ३८ जना ब्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको कुरा प्रहरीले जनाएको छ |

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.