लगानीको हिसाबले प्रभूत सम्भावना भएको कोशी प्रदेशको समृद्धि र विकासको लागि यो लगानी सम्मेलन ऐतिहासिक र उपलब्धिमूलक हुने हाम्रो अपेक्षा रहेको छ। सम्मेलनमा प्रदेश भित्र ओल्याइएको ठूला उद्योगमा हुने लगानी समावेश गरी ७१ वटा परियोजनाहरुको संकल्पसहित नै तयारी गरिएको छ जसको कुल अनुमानित लागत करिब १ खर्ब ७३ अर्ब ४४ करोड अनुमान गरिएको छ।
लगानीका विभिन्न आवद्ध क्षेत्रका परियोजनाहरु सोचेको गरिएको छ जस्तै पर्यटन, कृषि, उद्योग, ऊर्जा, पूर्वाधार, आई.टी. सेवा लगायतका क्षेत्रमा महत्वपुर्ण परियोजनाहरु तयार गरिएको छ। प्रदेश सरकारले यी परियोजनाहरुको सफल बनाउनका लागि आवश्य कानूनी एवं प्रशासनिक संशोधन गरिरहेको छ जसले प्रदेशमा लगानी गर्न आउनेहरुमा झनझन उत्साह थप्ने छ। साथै यो सम्मेलन प्रदेश स्तरबाट शुरु गरिएको पहिलो परियोजनायुक्त लगानी सम्मेलन हो, जसको सफलता भबिष्यमा पनि साझा सरकारको पनि सम्मेलन गराउने दिशातर्फको प्रदेश सरकारको पाइला हुन सक्ने सम्भावनाको संकेतक पनि हो।
लगानी सम्मेलनमा चीन, रस, अमेरिका, बेलायत, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र राजदूतावास नेपालस्थित सहभागी हुनेछन्। त्यसका प्रतिनिधि उद्योगी/प्रतिनिधि पनि यस लगानी सम्मेलनमा सहभागी हुनेछन्।
लगानी सम्मेलनमा विभिन्न ८ वटा विषयगत छलफल सत्रहरु हुनेछन्। कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारिकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षा, लगानीका अवसर र सम्भावना विषयका विषयगत छलफल हुनेछन्। साथै, पहिलो दिनको प्रमुख आकर्षक रुपमा कोशी प्रदेशका हालका लगानीमैत्री वातावरण र तीन तहका सरकारहरुको अन्तरसम्बन्ध विषयमा विशेष विश्लेषण र प्रस्तुतिकरण धारण प्रस्तुत हुनेछ।
सम्मेलनलाई थप सार्थक बनाउने र नतिजामुखी अभ्यासका लागि लगानी सम्मेलनपछी ‘फी मिट’ र सम्मेलनसँगै आवश्यक रुपमा ‘फ्लोअप मिटिङ’ गरी परियोजनाहरुको एकीकृत अध्ययन खुलाउने योजना नीति प्रदेश सरकारले लिएको छ।
अन्तमा, लगानी सम्मेलन सम्पन्न गर्नका लागि यहाँहरुको महत्वपूर्ण भूमिकालाई खेलेर सहयोग गरिदिनुहुने भन्ने अपेक्षा गरेको छु।
डा. सरोज कोइराला,प्रमुख कार्यकारी निर्देशक, प्रदेश लगानी प्राधिकरण, कोशी प्रदेशको बिज्ञाप्ती पढेर सुनाउनु भएको थियो |
पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार भएको समुह वि अन्तरगतको पहिलो लिग खेलमा आयोजक कोशीले नेपाल पुलिस क्लवलाई ३७ रनले पराजित गरेको छ । जित पछि कोशल्ेि २ अंक जोडेको छ ।
टस हारेर ब्याटिङ गरेको कोशीले ५० ओभरको खेलमा २९ दशमलव ३ बलमा सवै विकेट गुमाई ९३ रनको सामान्य योगफल खडा गरेको थियो । कोशीका रुपक बरालले २१ रन बनाउँदा मिनस थापा र सुमन गहतराले समान १५–१५ रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन केनन् ।
पुलिसका सुनिल दौल्यानले ८ ओभरमा २५ रन दिएर ५ विकेट लिँदा विपिन कार्की र चित्र विष्टले २–२ विकेट लिए ।
जवाफमा ९४ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले २४ दशमलव ५ बलमा सवै विकेट ५६ रनमा सिमित भयो । पुलिसका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । कोशीको जितमा प्लेयर अफ म्याच प्रेम कामतले ९ ओभरमा १५ रन दिएर ५ विकेट लिँदा प्रकाश कार्कीले ३ विकेट दिए ।
बुधबार समुह वि को दोस्रो लिग खेल आयोजक कोशी प्रदेश र भरतको आसाम क्लव विच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।बचवग
प्रगतिशील लेखक संघ (प्रलेस) संखुवासभाको आयोजनामा तथा कुमाल समाज नेपाल, संखुवासभाको व्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको हो । ‘गाउँगाउँमा प्रलेस, टोलटोलमा साहित्य’ अभियानअन्तर्गत दोस्रो शृंखलाको रूपमा आयोजित कार्यक्रममा बालबालिकासँग कविता लेखन, प्रस्तुति र प्रतिस्पर्धासमेत गरिएको थियो । कार्यक्रममा ३५ जना बालबालिकालाई कापी–कलम वितरण गरिँदै कविता लेखनको प्रशिक्षण प्रदान गरिएको थियो ।
प्रशिक्षणपछि सोनु कुमाल, सलिना श्रेष्ठ, कृस्टिना दुत्पाउ, युनिस गौतम, सोनिया कुमाल, सुसान्त अधिकारी, दीक्षा कुमाल, सुमित्रा कुमाल, रेजिना कुमाल, स्मारिका कुमाल, विवसा कुमाल, आदर्श कुमाल, स्पन्दन दिक्पाल र रेजिना मगरले रचना गरी प्रस्तुत गरेका थिए । प्रतिस्पर्धामा सोनिया कुमाल प्रथम, सलिना श्रेष्ठ द्वितीय र दीक्षा कुमाल तृतीय भएका छन् । उनीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
कुमाल समाजको हलमा सम्पन्न कार्यक्रममा समाजले साउन्ड सिस्टम, चिया तथा पुरस्कारको व्यवस्था गरेको थियो । प्रलेस सदस्य भुवन हलिदेले सञ्चालन गरेको कार्यक्रममा कुमाल समाजकी कोषाध्यक्ष अरुणा कुमालले स्वागत मन्तव्य राखेकी थिइन् ।
कवि कृष्णबहादुर चापागाई, वीरेश राई, राम गुरुङ, गुरुप्रसाद सुवेदी, मैया बजगाईं र सुशीला कुमाल मगरले कविता तथा गजल वाचन गरेका थिए । कार्यक्रममा शिक्षक मित्राकुमारी राई, सबित्रा पन्त सुवेदी, खड्गकुमारी दाहाललगायत स्थानीय विद्यालयका विद्यार्थी र कुमाल समाजका पदाधिकारीहरूको उपस्थिति थियो ।
कार्यक्रमका सभापति तथा प्रलेस जिल्ला अध्यक्ष ताराबहादुर बुढाथोकीले बस्तीमै पुगेर कविता लेखनको तालिम तथा गोष्ठी आयोजना गर्नुको महत्व औँल्याउँदै भने, “जहाजले उड्छु भन्यो, तिमीले बस्ती छोडिदियौ, मोटरले गुड्छु भन्यो, तिमीले छाप्रो तोडिदियौ, परियोजनाले बस्छु भन्यो, तिमीले दोसल्ला ओढिदियौ, विकास अघि सर्दै गयो, तिमी पछि पर्दै गयौ ।”
उनले पछाडि पारिएको कुमाल समुदायलाई साहित्यिक चेतनाले जोड्ने उद्देश्यले बस्ती रोजिएको जानकारी दिए । कार्यक्रम अवधिभर मल बोकेका किसानहरू पनि भारीसँगै उभिएर माइकको आवाज टाढाटाढासम्म सुन्दै गरेका थिए ।
२६ औ स्मृति दिवसको अवसरमा मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको केन्द्रिय कार्यालयमा ौपचारिक कार्यक्रम आयोजना गरि नेपालको बाम लोकतान्त्रिक आन्दोलनका लोकप्रिय प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको योगदानको स्मरण गरिएको हो ।
स्मृति दिवसको अवसरमा विश्विद्यालयको प्राङगणमा रहेको स्वर्गीय प्रधानमन्त्री अधिकारीको शालिकमा माल्यापर्ण गर्दै बृक्षारोपण पनि गरिएको थियो । स्मृति सभामा विश्वविद्यालयका संरक्षण समिति सदस्य सत्यनारायण चौधरी , मुकेश उपाध्याय , रजिष्टार डा दिलनाथ फुँयाल डिन प्राडा प्रचण्डमान प्रधान , निमित्त परिक्षा नियन्त्रक भीमप्रसाद काफले ,बाम बृद्धिजिबी केशवप्रसाद गौतम लगायतले नेपालको बाम लोकतान्त्रिक आन्दोलन र शिक्षा क्षेत्रमा स्वर्गीय प्रधानमन्त्री मनमोहनको योगदानको स्मरण गरेका थिए ।
उनीहरुले आदर्श नेता र सफल प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारी जीवनोपयोगीशिक्षाकालागिअनुकरणीय व्यक्तिव भएको बताएका थिए । बक्त्ताहरुले स्वर्गीय नेता अधिकारी नेपालको लोकतान्त्रिक राजनीतिमा एक सफल राजनेता मात्रै नभएर शिखर र सम्मानित व्यक्तित्व तथा जनमुखी प्रधानमन्त्री भएको चर्चा गर्दै शिक्षक र विद्यार्थीका लागि अनुकरणीय व्यक्तित्व भएको बताएका थिए ।
स्वर्गीय नेता तथा पुर्व प्रधानमन्त्री मनमोहन अधिकारीको योगदानलाई स्मरण गर्दैै मनमोहन स्मृति प्रष्ठिानले स्थापना गरेको प्राविधिक शिक्षालयलाई कोशी सरकारले प्रदेश सभाबाट कानुन निर्माण गरेर प्राविधिक विश्वविद्यालयमा रुपान्तरण गरेको हो । स्मृति दिवसको अवसरमा मनमोहन प्राविधिक विश्वविद्यालयका पदाधिकारी , कर्मचारी अनि स्थानिय समाजबासेवीहरुको सहभागिता थियो
भक्तपुरमा आगामी वैशाख १९ र २० गते दुई दिन भक्तपुरको जगातीमा उक्त प्रतियोगिता गर्न लागेको सङ्घले जानकारी दिएको छ ।
दुई दिनसम्म चल्ने यस प्रतियोगितामा सातै प्रदेशका २० भन्दा बढी जिल्लाबाट करिब १२० जना खेलाडीहरू सहभागी हुने अनुमान गरिएको आयोजक किक बक्सिङ सङ्घ भक्तपुरका अध्यक्ष कृष्णराम जाकिबञ्जारले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगिताबाट राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरू पहिचान गरी प्रशिक्षण दिई भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्न सक्ने खेलाडी छनोट गर्ने उद्देश्य रहेको समेत जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तर्राष्ट्रिय मान्यता अनुसार तौल तथा वर्गगत रूपमा हुने समेत अध्यक्ष जाकिबञ्जारले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा कुल ११ वटा तौल तथा वर्गगत प्रतिस्पर्धाहरू हुने छन् जसमा पुरुष तर्फ ५१ केजी, ५४ केजी, ५७ केजी, ६३ दशमलव ५ केजी, ६७ केजी, ७५ केजी र खुल्ला तौल वर्गमा प्रतिस्पर्धा हुने छ भने महिला तर्फ ५२ केजी, ५७ केजी, ६० केजी र खुल्ला तौल वर्गमा प्रतिस्पर्धा हुने छ ।
यस्तै प्रतियोगिताको विशेष आकर्षणको रूपमा २ वटा प्रो फाइट (व्यावसायिक स्तरका खेल) समेत खेलाइने अध्यक्ष ले जानकारी दिनुभएको थियो ।
यस्तो किसिमको भक्तपुरमा पहिलो पटक प्रतियोगिता आयोजना हुन लागेको बताउँदै उहाँले यस्ता प्रतियोगिताबाट खेलाडी तिखारिने तथा व्यावसायिक रूपमा खेलमा लाग्न सहयोग समेत मिल्ने बताउनुभएको थियो ।
खेलाडीहरूको सुरक्षालाई मध्यनजर गर्दै आयोजक समितिले प्रत्येक खेलाडीलाई प्रतियोगिता अवधिभर लागू हुने गरी रु. २ लाख सम्मको बिमा व्यवस्था गरेको सङ्घका सचिव राजु सिंह बजिकोले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता विश्व किक बक्सिङ महासङ्घ(wAKO) द्वारा स्वीकृत K–1 नियमावली अनुसार सञ्चालन हुनेछ । प्रत्येक बाउट ३ राउन्डको हुनेछ, र प्रत्येक राउन्डको अवधि २ मिनेट निर्धारण गरिएको समेत उहाँले जानकारी दिनुभयो ।
प्रतियोगितामा खेलाडीहरूलाई शिल्ड प्रमाणपत्र तथा नगद पुरस्कारले समेत सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।
महानगर परिसरमा स्थापना गरिएको डिजिटल नागरिक वडापत्रको मेयर नागेश कोइरालाले शुभारम्भ गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, भौतिक पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापासहित विभिन्न महाशाखा र शाखा प्रमुखहरुको उपस्थितिमा मेयर कोइरालाले डिजिटल नागरिक वडापत्र शुभारम्भ गर्नुभएको हो ।
वडापत्रमा महानगरपालिका तथा वडा कार्यालयमार्फत प्रवाह हुने सम्पूर्ण सेवाहरुका बारेमा जानकारी प्राप्त हुनेछ । महानगरपालिकाबाट सार्वजनिक हुने सूचना तथा समाचारहरु समेत वडापत्रमार्फत हेर्न सकिने आइटी शाखाकी इन्जिनियर अर्चना कर्णले जानकारी दिनुभयो ।
उहाँका अनुसार मोबाइल चलाउन जान्ने सबैले वडापत्रमार्फत महानगरबाट प्रवाह हुने सेवासहितका महानगरसँग सम्बन्धित अन्य जानकारीहरु पनि प्राप्त हुनेछ । वडापत्रमा सुन्ने र पढ्ने दुवै सुविधा उपलब्ध रहेको कर्णले बताउनुभयो । जनप्रतिनिधि, विभिन्न महाशाखा प्रमुख, शाखा प्रमुखसहित कर्मचारीहरुको विवरणसमेत राखिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरले प्रवाह गर्ने सबै सेवा र गतिविधिहरु पारदर्शी रुपमा हेर्न र बुझ्न सजिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनताका लागि यो वडापत्रमार्फत अत्यन्तै पारदर्शी र सर्वसुलभ सेवा प्राप्त गर्न सहज भएको छ ।’
बाजुरा, कल्प इम्पावर वेमेन नेपालले मातृत्व संरक्षण र महिला सशक्तीकरणको उद्देश्यले संचालन गरेको “भुपेन्द्रा बुढा स्मृति क्यापिएँन सी(क्याप” नामक अभियान सुदुरपश्चिम प्रदेश बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा सम्पन्न भएको छ। गत बैशाख ०५ गतेदेखि सुरु भएको यो अभियान बैशाख ११ गते एक औपचारिक कार्यक्रम बिच सम्पन्न भएको हो।
अभियानको औपचारिक शुभारम्भ भने चैत्र २६ गते बडीगाड गाउँपालिका, बागलुङमा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री माननीय कृष्ण प्रसाद पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। त्यस पश्चात अभियान रुकुम पुर्व हुदै बाजुराको गौमुल गाउँपालिका तर्फ प्रस्थान गरेको थियो।
गौमुल गाउँपालिकामा सञ्चालन भएको कार्यक्रममा किशोरी समूहको अभिमुखीकरण र गठन, स्वास्थ्य गाउँ साक्षरता अभियान अन्तर्गत गौमुल गाउँपालिका भित्रका ६ वडाका ३९९ घरधुरीमा स्वास्थ सचेतना संचालन गरिएको थियो।गौमुल गाउँपालिका स्तरीय किशोरी समुह निशा वि।कको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति चयन भएको छ।
गौमुल गाउँपालिकाको अभियान समापन कार्यक्रम गौमुल गाउँपालिकाकि उपाध्यक्ष सीता थापाले अध्यक्षता गर्नु भएको थियो भने प्रमुख अतिथिका रुपमा जिल्ला समन्वय समितीका प्रमुख अम्बर बहादुर रोकायाको उपस्थिति रहेको थियो ।त्यस्तै स्वागत मन्तव्यको क्रममा प्रशासकीय अधिकृत जगदिश भट्टले भौगोलिक विकटतामा बाचिरहेका महिलाका निम्ति मातृत्व जोगाउने अभियानको महत्वपूर्ण सन्देश रहेको धारणा राख्नुभयो।
गौमुल गाउँपालिकाकि उपाध्यक्ष सीता थापा नेपालि महिला जनप्रतिनिधिको सुकर्मलाई संचार गर्ने अभियान शी लिड्स आइकन २०८१ की बिजेता मध्ये १ हुन् ।जस्ले विकटतामा समेत सुन्दर कर्म गर्दै आउनुभएको प्रेरणादायी महिला जनप्रतिनिधि हुनुहुन्छ।
आम नेपाली महिला भोग्दै आएको दुर्गपिडालाई मलहल लगाउने सोच र संकल्प सहित अभियानले सात वटा जिल्लाका स्थानीय तहहरू — पुथा उत्तरगङ्गा ९रुकुम पूर्व०, बडीगाड ९बागलुङ०, अन्नपूर्ण ९म्याग्दी०, पचालझरना ९कालिकोट०, पटेर्वा सुगौली ९पर्सा०, सिगास ९बैतडी० र गौमुल ९बाजुरा० — मा करिब १०,००० किशोरी र महिलालाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्य लिएको संस्थाकी अध्यक्ष पुजा कोइरालाले जानकारी दिइन्।
प्रहरी सेवालाई सम्मान गर्न बहालवाला नेपाल प्रहरी कर्मचारीहरूका सन्ततिहरूलाई निःशुल्क शिक्षा प्रदान गरी शैक्षिक विकासमा सहकार्य गर्नेरगराउने उदेश्यले प्याव्सन कोशी प्रदेशका अध्यक्ष सुमित थापा ९प्रथम पक्ष० र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फवाट कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारी ९दोश्रो पक्ष० बीच सम्झौताका शर्तहरु पालना एवं कार्यान्वयन गर्ने सहमती भई दुवै पक्षबाट सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
कार्यक्रममा प्रहरी कर्मचारीहरुलाई थप सेवा प्रदान गर्ने उदेश्यले ब्यवस्थित तवरले चलिरहेका विद्यालयहरु संग समन्वय र सहकार्य गरी समसामयिक बिषयमा अन्तरकृया तथा छलफल समेत गरिएको थियो ।
कार्यक्रममा बोल्नुहुदै प्रदेश प्रहरी प्रमुख अधिकारीले प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाई प्रहरी पेशालाई सम्मानका साथ अगाडी बढाउदै लैजान समाजका बिभिन्न संघ सस्थाहरु संग समन्वय र सहकार्य गरीदै आईएको बताउनुभयो । साथै आफ्नो घर परिवार नभनि अहोरात्र खटिने व्यवसायीक प्रहरीको मनोवल उच्च बनाउने कार्यमा हौसला प्रदान गरेकोमा प्याब्सनका सम्पुर्ण पदाधिकारीहरुलाई हृदय देखि आभार व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी बरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, सिनीयर प्रहरी अधिकृत तथा प्याव्सन कोशी प्रदेशका अध्यक्ष सुमित थापा केन्द्रिय उपाध्यक्ष टिकाराम ढकाल लगायत प्याव्सन कोशी प्रदेशका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
विराटनगर महानगरपालिकाको सहकार्यमा आयोजित दुईदिने तालिम सम्पन्न भएको हो ।
सरकारी कार्यालयहरुमा पेश गरिने प्रस्ताव र प्रतिवेदनबारे प्रशिक्षार्थीहरुलाई जानकारी गराइएको आयोजक गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले जानकारी दिइन् । विभिन्न सरकारी कार्यालयहरुसँग मिलेर कार्यक्रम सञ्चालन गर्दा प्रस्ताव र प्रतिवेदन लेख्न नआउँदा संस्थाका पदाधिकारीहरुले धेरै नै दुःख पाउने गरेको उनको भनाइ थियो ।
तालिमपछि अब प्रस्तावकै कारण समस्या नआउने शर्माले बताइन् । महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेको तालिमको समापन मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गरेका थिए । समापन समारोहमा प्रजिअ यादवसहित महानगरका मेयरका प्रेस सल्लाहकार मीनकुमार नवोदित, आयोजक संस्थाकी अध्यक्ष विष्णु शर्मालगायतले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
विराटनगर महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतम र गैससकी उपाध्यक्ष सरिता लामिछानेले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । तालिममा मोरङमा सञ्चालित विभिन्न गैसरकारी संस्थामा आबद्ध ७० जनाको सहभागिता रहेको गैससकी सहसचिव वाग्मती कट्टेलले जानकारी दिइन् । यसैबीच, गैसस मोरङकै आयोजनामा अर्धवार्षिक समीक्षा पनि सम्पन्न भएको छ ।
विशेष गरी नेपाली क्रिकेटको विकास र स्तरोन्नतिको लागि स्थापना कालदेखि नै नेपालमा हुने ५० ओभरको क्रिकेट (१ दिवसीय ढाँचाको) मा २०७५ सालमा एम.एम. कपको पहिलो संस्करण सुनसरीको इनरुवामा सफलतापूर्वक सम्पन्न गरिसकेको छ। नेपालको सात प्रदेशको टोली, ३ विभागीय टोली, भारत बिहारको १ टोली गरी आयोजकको १ टोली गरी उक्त प्रतियोगितामा जम्मा १२ टोलीको सहभागिता रहेको थियो। जसमा नेपाल आर्मी क्लब विजेता भएको थियो। भन्ने जानकारी पुर्वका सबै शुभचिन्तकलाई रहेको छ।
त्यसै गरि २०७६ सालमा इनरुवामा दोस्रो संस्करण पनि भव्यता पूर्वक सम्पन्न भइसकेको छ। जसमा पनि प्रदेश टिमहरू, ३ विभागीय, आयोजक टोली समेत गरी गरी विशेष रूपमा नेपालको पहिलो पटक विदेश प्रतियोगितामा भाग लिएका राष्ट्रिय टोली सम्म रहेका प्रतियोगिता मार्फत सहभागिता जनाएका थिए। क्षेत्रीय संस्करणको विशेष महत्त्व रहेको प्रतियोगिता हो।पत्रका भेटघाटमा भनिएकोछ |
विगत बर्षहरुमा विभिन्न कारणवश यस प्रतियोगिता आयोजना गर्न सकिएको थिएन। यही समय पछि यहि पालि प्रतियोगितालाई अझै भव्य रूपमा विराटनगर स्थित जैनपथको खेलमैदानमा यही मिति 2081 बैशाख २९ देखी भव्य रूपमा आयोजना हुने सम्पूर्ण पत्रकार महानुभावहरूमा जानकारी गराउँदछौं। राष्ट्रमा जस्तै नेपालीको क्रिकेट विकास अझ टाढा पुग्ने छ भन्ने हाम्रो विश्वास रहेको छ।
यस प्रतियोगितामा आफ्ना क्लब तथा सहभागितालाई अझै विशेष रूपमा पुर्याई दिनुहुन सम्पूर्ण पत्रकारहरू, दर्शक महानुभाव लगायत सम्पूर्ण कोशी प्रदेशवासी दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौं।
यस सेवाको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले गर्नुभएको हो ।
यस प्रणालीमार्फत सेवाग्राहीले ड्राइभिङ लाइसेन्सको शुल्क अब लाइनमा बस्न नपरी, आफ्नै मोबाइल वा कम्प्युटरबाट सजिलै घरमै बसी अनलाइनमार्फत तिर्न सक्नेछन्। कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका यातायात शाखा प्रमुख नारायण भण्डारीले लाइसेन्सको आवदेन दिँदा, नविकरण गर्दा र लाइसेन्ससम्बन्धि कुनै पनि शुल्क तिर्दा लाइन बस्नु पर्ने झन्झट हटेको बताउनुभयो ।
नविकरण गर्दा मन्त्रालयमा सूचिकृत भएका चिकित्सकसँग जाँच गराएपछि चिकित्सकले सोही साँझ अनलाइन अपडेट गर्ने र भोलिपल्ट भुक्तानी गरेर अनलाइनबाटै बिल लिन सकिने छ । आगामी साउनबाट भने प्रदेशमै लाइसेन्स छपाइ सुरु भएपछि लाइसेन्स लिनमात्रै कार्यालय पुग्नु पर्ने छ ।
प्रमुख भण्डारीका अनुसार प्रदेशका सबै यातायात कार्यालयहरुमा यो सेवा सुरु भएको छ । विराटनगरमा भने केही प्राविधिक समस्या देखिएको कारण भोलिदेखि अनलाइन भुक्तानी प्रकृया सुरु हुने उहाँले बताउनुभयो ।
नयाँ प्रणालीले सेवाग्राहीको समय, श्रम र लागतको बचत गर्ने विश्वास गरिएको छ।
बैशाख ८ गते बिहान ५ बजे ताप्लेजुङको सदरमुकामबाट मन्दिर तर्फ जादै गरेको मे १ च ३०११ नम्बरको बुलेरो गाडी ताप्लेजुङको फुङ्लिङ नगरपालिका १० सेवारो चौक स्थित बाटोमा बिधुतको पोलबाट चुडिएर झरेको तारमा अल्झिएर अचानक गाडीमा आगोलागी हुँदा ललितपुरको ललितपुर महानगरपालिका १० की १६ बर्षीय आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ का ७० बर्षीय विनोद पौडेल निजको ६९ वर्षीया श्रीमती सरिता पौडेल र बुलेरो चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० का ४२ बर्षीय दुर्गा भट्टराईको जलेर मृत्यु भएको हो ।
घटनाबारेमा जानकारी पाउनासाथ घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलको कमाण्डमा खटिएको प्रहरीको टोलीले आगोलागीमा परेर घाईते भएकी ललितपुरको ललितपुर महानगरपालिका १० की ४५ बर्षीया सबिना आचार्य निजको १० वर्षिय छोरा भबिमय आचार्यलाई तत्काल उद्दार गरी उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ तर्फ पठाई गाडीमा लागेको आगोलागीलाई पुर्णरुपमा नियन्त्रणमा लिएको थियो ।
घाईते २ जनालाई थप उपचारकोलागी हेलीकप्टरद्दारा कठमाण्डौ लैजाने तयारी भईरहेको छ भने घटनास्थलमा कानूनी प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी गराएको छ ।
त्यसका लागि महानगरले उद्योग संगठन मोरङसँगको सहकार्यमा विराट सीप विकास केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्रमार्फत सीपयुक्त दक्ष जनशक्ति उत्पादन गरिनेछ । केन्द्रको मेयर नागेश कोइरालाले आइतबार एक समारोहका बीच शुभारम्भ गरे । तत्कालका लागि विराटनगर–१ त्रिवेणी मार्गस्थित डनबक्सको स्कुलमा ५ वटा कोठा भाडामा लिएर केन्द्रले तालिम सञ्चालन गर्नेछ ।
विभिन्न व्यावसायिक फर्म र सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ । महानगरले कार्यविधि नै बनाएर केन्द्रमार्फत बजारको मागअनुसारको जनशक्ति उत्पादन गर्नेछ । महानगरले उद्योग संगठन मोरङका कार्यकारी सदस्य सुरेन्द्र गोल्छालाई केन्द्रको संयोजक तोकेको छ ।
तालिम सञ्चालनका लागि महानगरले विभिन्न संस्थालाई बजेट विनियोजन गर्ने गरेको थियो । यसरी संस्थाहरूमार्फत तालिम सञ्चालन गर्दा प्रभावकारी नभएको भन्दै महानगरवासीले नै गुनासो गर्दै आएका थिए । ती संस्थाहरूले उद्घोषण कलादेखि जुत्ताचप्पल बनाउने, अचार बनाउने, सिलाई बनाइलगायतका तालिम सञ्चालन गर्दै आएको थियो । अब महानगरले एकद्वार प्रणालीमार्फत बजारको मागअनुसारको तालिम सञ्चालन गर्ने मेयर नागेश कोइरालाले बताउनुभयो । सीप विकास केन्द्रलाई देशभरकै नमुनाका रुपमा स्थापित गर्ने उद्देश्य रहेको उहाँले सुनाउनुभयो । मेयर कोइरालाले सीप सिकेर आफैं स्वरोजगारसमेत बन्न सकिने धारणा राख्नुभयो ।
‘सीप सिकेर जागिर नै खानुपर्छ भन्ने छैन,’ उहाँले भन्नुभयो, ‘आफ्नै व्यवसाय गरेर स्वरोजगार पनि हुन सकिन्छ । त्यसका लागि महानगरले पुँजीको समेत व्यवस्थापन गर्छ । कसैसित सीप छ तर तर लगानी गर्ने पुँजी छैन भने त्यसका लागि पनि महानगरले पुँजीको व्यवस्थापनका लागि पहल गर्छ । उदय परियोजना र प्रदेश सरकारसँग पनि कुराकानी भइरहेको छ ।’
उपमेयर शिल्पा निराला कार्कीले रोजगारीको खोजीमा रहेका युवा र दक्ष जनशक्तिको खोजीमा रहेका रोजगारदाताबीच महानगरले पुलको काम गर्ने बताउनुभयो । लामो समयदेखि महानगरले विभिन्न संघसंस्थामार्फत तालिम दिँदै आए पनि त्यसको प्रतिफल एकदमै न्यून पाइएको उहाँको भनाइ थियो ।
एकद्वार प्रणालीमार्फत तालिम सञ्चालन गर्दा बजेटको दुरुपयोगसमेत नहुने उपमेयर कार्कीले बताउनुभयो । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले सीपलाई व्यापारीकरणसमेत गर्नुपर्नेमा जोड दिनुभयो । सीप सिकेर मात्रै नहुने बताउँदै सीपलाई व्यवहारमा उतार्नु जरुरी रहेको औंल्याउनुभयो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, सीप केन्द्रका संयोजक सुरेन्द्र गोल्छा, उद्योग संगठनका महानिर्देशक चूडामणि भट्टराईलगायतले आमनागरिकको जीवनयापनलाई सहज बनाउन सीप आवश्यक रहेको औंल्याउनुभयो । हातमा सीप भएको व्यक्तिले जस्तोसुकै ठाउँमा गएर पनि सहज रुपमा जीवनयापन गर्ने उहाँहरूको भनाइ थियो ।
सीप विकास केन्द्र शुभारम्भका अवसरमा निःशुल्क माला र पोते बनाउने तालिम सुरु भएको छ । तालिममा सहभागीहरूलाई मेयर कोइरालाले एप्रोन प्रदान गर्नुभयो । १५ दिनसम्म सञ्चालन हुने तालिममा प्रशिक्षक मालती उपाध्यायले सहजीकरण गर्नुहुनेछ । तालिममा २० जना महिला सहभागी छन् । अब ई–रिक्सा मर्मत, बिल्डिङ इलेक्ट्रानिक्स, प्लबिङसहितका बजारको मागअनुसार अन्य तालिम पनि सञ्चालन गरिने केन्द्रले जनाएको छ ।
विराटनगर महानगरपालिकाको सहकार्यमा आयोजित दुई दिने तालिमको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
आफूसित भएको सीप कसैले खोस्न नसक्ने बताउँदै मेयर कोइरालाले सीप भएको व्यक्ति जहाँसुकै गएर पनि आत्मनिर्भर हुन सक्ने बताउनुभयो । सीप भएको व्यक्ति जहाँसुकै पनि बिक्न सक्ने उहाँको धारणा थियो ।
मेयर कोइरालाले विराटनगरवासीलाई सीप सिकाएर आत्मनिर्भर र स्वरोजगार बनाउने बाटोमा महानगर अगाडि बढेको उल्लेख गर्नुभयो । संस्था सञ्चालन गर्दा प्रस्ताव र प्रतिवेदन आवश्यक पर्ने बताउँदै मेयर कोइरालाले गैससले यसपटक समय सान्दर्भिक तालिम आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले विभिन्न सरकारी कार्यालयहरुसँग मिलेर कार्यक्रम सञ्चालन गर्दा प्रस्ताव र प्रतिवेदन लेख्न नआउँदा संस्थाका पदाधिकारीहरुले धेरै नै दुःख पाउने गरेको चर्चा गर्नुभयो ।
विराटनगर महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतम र गैससकी उपाध्यक्ष सरिता लामिछानेले सहभागीहरुलाई प्रशिक्षण दिनुहुनेछ । तालिममा मोरङमा सञ्चालित विभिन्न गैसरकारी संस्थामा आबद्ध ४० जनाको सहभागिता रहेको गैससकी सहसचिव वाग्मती कट्टेलले जानकारी दिनुभयो ।
कलेजले एक समारोहको आयोजना गरेर आठौं सेमेस्टरका विद्यार्थीहरुको विदाई गरेको हो । विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठ, जेनिथ इन्टरनेशनल कलेजका कार्यकारी अध्यक्ष प्रा.डा. दुर्गानन्द चौधरी, कार्यकारी सञ्चालक सीए अश्विनी वंशल, क्याम्पस प्रमुख सन्दीप दास श्रेष्ठ, कलेजका शिक्षक सरोज पोखरेल, शिक्षिका आस्मा चालिसेलगायतले विद्यार्थीहरुलाई खादा र अविर लगाएर मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि डा. श्रेष्ठले विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना दिए । उनले कलेजमा अध्ययन गरेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रहसमेत गरे ।
कलेजले ६२ जना विद्यार्थीको विदाई गरेको थियो । कलेजले विद्यार्थीको चौतर्फी व्यक्तित्व विकासका लागि समय–समयमा अतिरिक्त क्रियाकलापका साथै विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।
“कोशी प्रदेशको सान, प्रतिभावान अपाङ्गता भएका व्यक्तिहरुको पहिचान, कलाको व्यवस्थापनबाट बढाउनेछ आत्मसम्मान” भन्ने मूल नाराका साथ राष्ट्रिय अपाङ्ग महासंघ-नेपाल, कोशी प्रदेशको आयोजनामा, करुणा फाउन्डेसन नेपाल र कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय तथा अन्य साझेदारको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुको अन्तरनिहित प्रतिभा पहिचान, प्रोत्साहन र व्यवस्थापन गर्ने उद्देश्यले अपाङ्गता भएका व्यक्तिको प्रतिभाको खोज कार्यक्रम संचालन गर्न लागिएको छ।
आर्थिक तथा सामाजिक रूपमा सक्षम नभए पनि कुनै पनि व्यक्ति पूर्णरूपमा आत्मनिर्भर हुन सक्छन्। दुर्भाग्यवश, अपाङ्गता भएका व्यक्तिले अवसर नपाएर आफ्नो प्रतिभा जीवनमा प्रयोग गर्न सकेका छैनन्, जबकि, उनीहरू पनि अन्य व्यक्तिहरु जस्तै विभिन्न क्षेत्रमा अवसर प्राप्त गरिएमा आफ्नो योगदान गर्न सक्छन्।
नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४, तथा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि (CRPD), २०६८ जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी दस्तावेजले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर र सक्षम बनाई समावेशी र समानताको समाजको परिकल्पना गरेको छ।
यस कार्यक्रम अन्तर्गत कोशी प्रदेशभित्र अपाङ्गता भएका व्यक्तिहरुको कविता वाचन, वक्तृत्वकला, संगीत तथा गायन, अभिनय/व्यक्तित्व, नृत्य, चित्रकला, हस्तकलाका नवप्रवर्द्धन (इनोभेसन) लगायत ९ विधामा प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ।
यस सन्दर्भमा प्रदेश सरकार, स्थानीय सरकार, संघ-संस्था, नागरिक समाज, सहारा समूह, बौद्धिक वर्ग, राजनीतिक दल तथा सम्पूर्ण सहयोगी मनहरुलाई सूचना सम्प्रेषण तथा आर्थिक, भौतिक एवं प्राविधिक सहयोगका लागि हार्दिक अनुरोध गर्दछौं।
हामी सबैको सहयोग र समर्थनले अपाङ्गता भएका व्यक्तिहरुको आत्मसम्मान अभिवृद्धि गरी समावेशी समाजको निर्माणमा टेवा पुगाउने आयोजकले आसा गरेकोछ |
लिवर्टी नेपाल लागूपदार्थ उपचार तथा पुनःस्थापना केन्द्रले नयाँ वर्षको शुभकामना आदानप्रदान तथा महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा नेविसंघका तर्फबाट विजयी विद्यार्थीहरूको स्वागत सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले स्ववियूको भूमिकासमेत परिवर्तन भएको उल्लेख गर्नुभयो ।
विगतमा स्ववियू र समग्र विद्यार्थीहरूले प्रजातन्त्र र लोकतन्त्रका लागि अग्रणी भूमिका खेलेको चर्चा गर्दै मेयर कोइरालाले अब शैक्षिक गुणस्तर वृद्धि, मुलुकमा सुशासनलगायतका पक्षमा खबरदारी गर्नु आवश्यक रहेको औंल्याउनुभयो । ‘विगतमा भएका विभिन्न आन्दोलनमा विद्यार्थीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
चाहे प्रजातन्त्र प्राप्तिको आन्दोलन होस् चाहे लोकतन्त्र प्राप्तिको आन्दोलन होस् । सबै आन्दोलनमा विद्यार्थीको योगदान अतुलनीय रहेको थियो,’ मेयर कोइरालाले भने, ‘तर अब परिवेश बदलिएको छ । विद्यार्थीले अब मुलुकको समग्र शैक्षिक गुणस्तर वृद्धि, सुशासन, भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गर्नु आवश्यक छ ।’
मेयर कोइरालाले पछिल्लो समय युवाहरू लागूऔषधलगायत विभिन्न कुलतमा फस्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । युवा विद्यार्थी परिवर्तनका संवाहकसमेत भएकाले युवाहरूलाई कुलतमा लाग्न नदिन विशेष भूमिका खेल्न आग्रह गर्नुभयोे ।
कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले समाज रुपान्तरणमा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । राजनीतिमा लागेपछि जित–हार स्वभाविक भएको बताउँदै अध्यक्ष थापा मगरले जुनसुकै क्षेत्रमा सफल हुन निरन्तरता जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेविसंघका तर्फबाट निर्वाचित उपसभापति सुलभजंग बस्नेत, सचिव सुदीक्षा थापा मगर, कोषाध्यक्ष रोशनकुमार पासवान, सहसचिव मोहम्मद साहिल अन्सारी, सदस्यहरू कुशलकुमार साह तेली, सुशान्त बस्नेत, भानु चेल, रामदत्त मेहता, अञ्जिला काफ्ले, मोहम्मद सहिन, सविनप्रसाद नेउपाने, नविनबाबु तिवारी, रक्षक सुवेदी, अंकित पोखरेललाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेस मोरङका उपसभापतिसमेत रहनुभएका मेयर कोइराला, अध्यक्ष थापामगर, आयोजक समितिका अध्यक्ष राजेन्द्रप्रसाद भट्टराई (राजन), व्यवस्थापक सुनिल थापा मगर, नेपाली कांग्रेसका युवा नेता कृष्ण कार्की, हरि भट्टराई, कोशी अस्पतालका चिकित्सक डा. रोशन खड्का, समाजसेवी राजेन्द्र खनाल, क्रिकेट संघ मोरङका सभापति मोहम्मद सादबाबुलगायतले टीका, खादा, माला लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
मोरङले आइतबार भएको फाइनल खेलमा सुनसरीलाई ७ विकेटले पराजित गर्दै मोरङले उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई ९८ रनमा सिमित भयो । सुनसरीका निरज श्रेष्ठले २७ रन बनाउँदा रोहन खडकाचले ११ रन बनाए । मोरङका मनोज राँयले ३ विकेट लिँदा वैजनाथ चौधरीले २ विकेट लिए ।
९९ सय रनको सामान्य लक्ष्य पछ्याएको मोरङले १७ दशमलव ३ बलमा ३ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । मोरङको जितमा वैजनाथ चौधरीले ३१ बनाउँदा अजय कर्णले २३ रनको योगदान दिए । सुनसरीका रोहन खडकाले २ विकेट लिँदा विवेक चन्दले १ विकेट लिए ।
फाइनल खेलको प्लेयर अफ फाइनल मोरङका अलराउण्डर खेलाडी वैजनाथ चौधरी भ एभने प्लेयर अफ सिरिज र उत्कृष्ट बलर पनि मोरङकै वैजनाथ चौधरी घोषित भए । त्यस्तै उत्कृष्ट ब्याटर पनि मोरङकै अजय कर्ण भए ।
चैत्र २८ गतेदे िभएको प्रतियोगितामा मोरङ, सुनसरी र झापाका गरि ४ टिम सहभागि रहेको थियो राउण्ड रोविनको आधारमा खेलाएको प्रतियोगितमा करिव १२ लाख खर्च हुने अनुमान आयोजकले लगाएको छ ।
विजयी तथा अन्य खेलाडीहरुलाई प्रमुख अतिथि मोरङ जिल्ला खेलकुद विकाश समितका अध्यक्ष सुरज श्रेष्ठ, कोशी प्रदेश खेलकुद बार्डका कार्यलय प्रमुख कालीदास भट्टराई, बहिरा क्रिकेट संघका केन्द्रीय सचिव अरविन्द चौधरी, विराट बहिरा मावि व्यवस्थापन समितिका अध्यक्ष डा. मिना जोशी र बहिरा क्रिकेट संघका अध्यक्ष मोहन तिवारीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
प्रदेश सरकार आर्थिक समृद्धि र विकासमा अग्रसर भएको छ। सीमित स्रोत साधनको उपयोग गरी प्रदेशको विकासको लागि प्रयासरत रहँदै आएको छ। यसै क्रममा कोशी प्रदेश सरकारले आर्थिक वातावरण निर्माण गर्दै रोजगारी सिर्जना गर्ने र व्यवसायिक अवसर विस्तार गर्ने दीर्घकालीन उद्देश्यसहित लगानी सम्मेलन आयोजना गर्न लागेको हो। उक्त सम्मेलन यहि आउने वैशाख १८ र १९ गते विराटनगरस्थित होटल अप्सरामा आयोजना हुने जानकारी गराउँछौं।
लगानी सम्मेलनमार्फत प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न सम्बन्धित सबै पक्षसँग सहकार्य गर्दै निजी क्षेत्रको सहभागिता र सशक्त साझेदारी विकास गर्न सम्मेलनको मूल उद्देश्य रहेको छ। साथै, प्रदेशमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको लगानी भित्र्याउन आवश्यक कानुनी सुविधा र नीतिगत सुधारमा समेत जोड दिइएको छ।
कोशी प्रदेश सरकारले सम्मेलनमा विभिन्न क्षेत्रीय संयन्त्र र विज्ञहरुको समेत सहभागिता रहनेछ। सम्मेलनमा आधार स्वरूप ‘कोशी प्रदेश डेभलपमेन्ट फोरम (के.पी.डी.एफ.)’ गठन भइसकेको छ। नवीनतम सोचका साथ लगानीको वातावरण निर्माण गर्न हामी तयारी गर्दैछौं। यसै सन्दर्भमा प्रदेशमा रहेका समग्र प्रक्रिया सुधार गर्दै लगानी मैत्री वातावरण तयार पार्ने र सहजीकरण गर्ने विषयमा योजना बनाइएको छ। लगानी सम्मेलनमा राष्ट्रिय र प्रमुख अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू समेत सहभागी गराउने तयारी भइरहेको छ।
तपाईहरू सम्पूर्ण पत्रकार मित्रहरू, सम्पूर्ण सम्बद्ध पक्षहरूलाई प्रदेशको दीर्घकालीन सोचलाई साथ दिन प्रदेशको समृद्धिमा साथ दिन हार्दिक अनुरोध गर्दछौं।
सो अवसरमा प्रदेश सरकारले आयोजित ‘कन्क्लावे मिटिङ’ र सचिवालय बैठक भव्यताका साथ सम्पन्न हुने छ। साथै विभिन्न क्षेत्रका विज्ञ र पूर्ववर्ती सफल अनुभवहरू प्रस्तुत गरिने छ।
प्रदेश सरकारले लगानीको लागि सरल वातावरण बनाउन कानुनी, नीतिगत सुधार र निजी साझेदारी अन्तरगत सबै तयारी गरिरहेको छ।
कोशी प्रदेशको राजधानी विराटनगरदेखि सुरु गर्दै समग्र प्रदेशभर उद्यम र उद्योग व्यवसायको सहज पहुँच सुनिश्चित गर्दै लगानीकर्तालाई आकर्षित गर्न नीति निर्माण, नीति कार्यान्वयन र सशक्त संस्थागत संरचना तयार पारिने जानकारी गराउँदैछौं।
सम्मेलनमा कृषि, जलस्रोत, पर्यटन, ऊर्जा, उद्योग स्वास्थ्य तथा पूर्वाधार, सूचना प्रविधि लगायत विविध क्षेत्रका बहस सञ्चालन हुने छ।
लगानी सम्मेलनमा अपेक्षित करिब ४५ भन्दा बढी परियोजनाको सोलेक्टेड हुने जानकारी गराउँछौं। भनेको छ |
कोशी प्रदेश इर्चाज घनश्यम खतिवडाले अधिवेशन सफलताको शुभकामना दिनु भएकोछ | त्यसैगरी मोरङ इर्चाज जीवन घिमिरेले पनि अधिवेशन सफलताको शुभकामना दिनु भएकोछ |
नेकपा एमाले मोरङका अध्यक्ष अजम्बर राइले अधिवेशन सफलताको शुभकामना दिनुभयो |
महानगर इन्चाज पर्शुराम बस्नेतले अधिबेन सफलताको शुभकामना दिनु भयो | आयोक महानगरकिटीका तर्फबाट उपाध्यक्ष सुनिता गिरीले स्वगत स्वगत गर्नु भएकोथियो|
कार्यक्रमको अध्यक्षता वर्तमान अध्यक्ष रोहित कोइरालाले गर्नु भएको थियो | कार्यसमिति छनो निर्वाचनबाट २ प्यानलका बिच हुने सकेत देखिएकोछ | पर्शुराम बस्नेतले बोले पछी नेता बिनोद ढकाल भडकिएका थिए | सबैले नव वर्ष २०८२ को शुभकामना दिनुभएको थियो | अहिले सहमतिका लागि छलफल समेत गर्न बन्द सत्र भइरहेकोछ | अधिवेशन बैशाख २ र ३ गते तोकिएकोछ |
उहाँका अनुसार ब्रिज कोर्षमा व्यवस्थापन र विज्ञान संकायका शैक्षिक पाठ्यक्रमसँगै अन्य विभिन्न कृयाकलापसमेत गराइनेछ । एआई प्रोग्रामिङ, रोबोटिक्स कक्षा, अंग्रेजी भाषा कक्षा, फुटबल, पौडी तथा बास्केटबलका समेत कक्षाहरु सञ्चालन हुनेछन् ।
'यो ब्रिज कोर्षले विद्यार्थीहरुलाई अबको अध्ययन कसरी अघि बढाउने भन्ने बिषयमा मात्र उत्प्रेरणा जगाँउदैन’ प्रिन्सिपल पुरीले भन्नुभयो,‘यसले विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा पनि सक्रिय सहभागिता जनाउन प्रेरित गर्छ ।’ यस्तै उच्च शिक्षाको लागि पाइला अघि चाल्दै गर्दा शिक्षण संस्थाको भौतिक पूर्वाधार र शैक्षिक वातावरणको अध्धयन गरि शिक्षण संस्था चयन गर्न समेत सघाउ पुग्ने प्रिन्सिपल पुरीले विश्वास ब्यक्त गर्नुभयो
बैशाख २ र ३ गते हुने महानगर कमिटीको अधिवेशनले चुनिएको कमिटी ८४ सम्म रहनेछ ।
चैत २८ गते भुगोलको १९ सै वडाबाट २०० सय प्रतिनिधि छनोट भइसकेको र २९ गते ज ब स बाट ७९ प्रतिनिधि छनोट भइसकेको महानगर कमिटीकाअध्यक्ष रोहित कोइरालाले जानकारी गराउनु भएकोछ |
अब बन्ने महानगर कमिटीको अध्यक्षका आकाङ्क्षी रोहित कोइरालाका अनुसार अधिवेशन बाट महिला ३३ प्रतिसत युवा २० प्रतिसत र १५ प्रतिसत मनोनित बाट छानिएर नया कार्यसमिति बन्ने बताउनु भयो |
काठमाण्डौं केन्द्रिकृत एकात्मक राज्य व्यवस्थाले लाद्न गरि अँगालिएको राष्ट्र पुनः संरचना बिना ऐतिहासिक पहिचान र थात थलो रहित बिस्तापन, स्वार्थ सिध्दान्त नमिल्ने नामांकन सहित मुलुकभरि सबैको राज्य पुनःसंरचनाको माग उठिरहेको छ।
साथै धर्मनिरपेक्षता, शान्ति र विकासका लागि संविधानिक सहमति अनुसार २०६३ सालको ऐतिहासिक जनआन्दोलनको निष्कर्षस्वरूप निर्वाचित कार्यकारी राष्ट्रपतात्मक शासन प्रणालीसहित धर्मनिरपेक्षता, फेडरलिज्मसहित समावेशी लोकतान्त्रिक पार्टी, नेतृत्व र सरकारहरूप्रति जनता र देश प्रतीको कुण्ठा, भ्रष्टाचार, बेथिति, अकर्मण्यता र असमानताका कारण प्रतिरोधको आँधीखोला, राजनीतिक, दलदल र द्विविधीतर्फ मुलुक फस्न लागिरहेको भन्ने पीडा हामी आत्मसात् गर्छौं र जनता प्रती हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।
धर्मनिरपेक्षता, संघीयता, बहुलीय व्यवस्था, समावेशी समाजवादी प्रणाली, लोकतन्त्र र गणतन्त्र लगायत आजसम्म प्राप्त उपलव्धिहरू रक्षा, संस्थागत र कार्यान्वयन गर्दै तेस्रो र दह्रोखरो कुशासन, भ्रष्टाचार, अक्षम्यताको कारण अहिलेको राजनीतिक विवाद र संकट निवारणको उपाय २०७८ साल सोमबार मङ्सिर महिनाको चौंथो मङ्सिर महिनाको पहिलो शनिबार राष्ट्रिय स्तरमा कार्यक्रम आयोजना गरी यसको व्यापक प्रचार प्रसार गर्ने जानकारी गराउँदछौं।
नेपालका मूलवासी आदिवासीजनजाति भाषा, भेष-भूषा, सीलिक नाम, परम्परा, धर्म, संस्कृति भरिएको छ। ऐतिहासिक सामुदायिक, आत्मनिर्भर जीवन पद्धति संस्कृतिसहित पूर्ण रूपमा पुनःस्थापना गर्न अभियान सुरू गरेको छ। आत्मनिर्भर, शान्ति, विकासयुक्त राज्य स्थापना हाम्रो प्रमुख उद्देश्य हो।
समावेशी समाजवादी पार्टी नेपाल (समाजवादी), चिन्तन र मान्यतासमेत स्पष्ट छ। हामी सबैको भाषा, भेष-भूषा, सीलिक नाम, चाड, पर्व, परम्परा, जनजाती, थारु, मधेसी, दलित, विविधता समावेश भएअनुरूप छ। आधारभूत र दिगो विकास, समाज र संस्कृतिको संरक्षण हाम्रो अभिन्न अङ्ग हो।
यसर्थ आफ्नो सीलिक भाषा, भेष-भूषा, चाड पर्व, परम्परा र पहिचान जोगाउन यही २०८२ बैशाख १ गते सोमबार मोरङको प्रधानपुर-१, नेताजगतको “बुद्धि बस्तिमा” हुने “राष्ट्रिय सांस्कृतिक महोत्सव” आयोजना गरी सांस्कृतिक बृहत् जागरण अभियान संचालन हुने जानकारी सहित हार्दिक निमन्त्रणा गर्दछौं |