बिराटनगर बैशाख १७ गते । कोशी प्रदेश सरकारले 2081 बैशाख 18 र 19 गते आयोजना गर्न लागेको लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउन चाहन्छौं। मुलुक संघीयतामा गइसकेपछि पहिलोपटक प्रदेश सरकारले लगानी सम्मेलनको आयोजना गर्नु आफैंमा महत्वको कुरा हो।
लगानीको हिसाबले प्रभूत सम्भावना भएको कोशी प्रदेशको समृद्धि र विकासको लागि यो लगानी सम्मेलन ऐतिहासिक र उपलब्धिमूलक हुने हाम्रो अपेक्षा रहेको छ। सम्मेलनमा प्रदेश भित्र ओल्याइएको ठूला उद्योगमा हुने लगानी समावेश गरी ७१ वटा परियोजनाहरुको संकल्पसहित नै तयारी गरिएको छ जसको कुल अनुमानित लागत करिब १ खर्ब ७३ अर्ब ४४ करोड अनुमान गरिएको छ।
लगानीका विभिन्न आवद्ध क्षेत्रका परियोजनाहरु सोचेको गरिएको छ जस्तै पर्यटन, कृषि, उद्योग, ऊर्जा, पूर्वाधार, आई.टी. सेवा लगायतका क्षेत्रमा महत्वपुर्ण परियोजनाहरु तयार गरिएको छ। प्रदेश सरकारले यी परियोजनाहरुको सफल बनाउनका लागि आवश्य कानूनी एवं प्रशासनिक संशोधन गरिरहेको छ जसले प्रदेशमा लगानी गर्न आउनेहरुमा झनझन उत्साह थप्ने छ। साथै यो सम्मेलन प्रदेश स्तरबाट शुरु गरिएको पहिलो परियोजनायुक्त लगानी सम्मेलन हो, जसको सफलता भबिष्यमा पनि साझा सरकारको पनि सम्मेलन गराउने दिशातर्फको प्रदेश सरकारको पाइला हुन सक्ने सम्भावनाको संकेतक पनि हो।
लगानी सम्मेलनमा चीन, रस, अमेरिका, बेलायत, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र राजदूतावास नेपालस्थित सहभागी हुनेछन्। त्यसका प्रतिनिधि उद्योगी/प्रतिनिधि पनि यस लगानी सम्मेलनमा सहभागी हुनेछन्।
लगानी सम्मेलनमा विभिन्न ८ वटा विषयगत छलफल सत्रहरु हुनेछन्। कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारिकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षा, लगानीका अवसर र सम्भावना विषयका विषयगत छलफल हुनेछन्। साथै, पहिलो दिनको प्रमुख आकर्षक रुपमा कोशी प्रदेशका हालका लगानीमैत्री वातावरण र तीन तहका सरकारहरुको अन्तरसम्बन्ध विषयमा विशेष विश्लेषण र प्रस्तुतिकरण धारण प्रस्तुत हुनेछ।
सम्मेलनलाई थप सार्थक बनाउने र नतिजामुखी अभ्यासका लागि लगानी सम्मेलनपछी ‘फी मिट’ र सम्मेलनसँगै आवश्यक रुपमा ‘फ्लोअप मिटिङ’ गरी परियोजनाहरुको एकीकृत अध्ययन खुलाउने योजना नीति प्रदेश सरकारले लिएको छ।
अन्तमा, लगानी सम्मेलन सम्पन्न गर्नका लागि यहाँहरुको महत्वपूर्ण भूमिकालाई खेलेर सहयोग गरिदिनुहुने भन्ने अपेक्षा गरेको छु।
डा. सरोज कोइराला,प्रमुख कार्यकारी निर्देशक, प्रदेश लगानी प्राधिकरण, कोशी प्रदेशको बिज्ञाप्ती पढेर सुनाउनु भएको थियो |
Post a Comment