Websoft University

प्राविधिक विश्वविद्यालयमा मनमोहन अधिकारीको सम्झना


विराटनगर बैसाख १५ गते | (गणेश लम्साल)कोशी प्रदेशमा स्थापना भएको देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा लोकतान्त्रिक आन्दोलनका प्रथम जननिर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारीको योगदानको स्मरण गरिएको छ ।

२६ औ स्मृति दिवसको अवसरमा मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको केन्द्रिय कार्यालयमा ौपचारिक कार्यक्रम आयोजना गरि नेपालको बाम लोकतान्त्रिक आन्दोलनका लोकप्रिय प्रधानमन्त्री स्वर्गीय   मनमोहन अधिकारीको  योगदानको स्मरण गरिएको हो ।

स्मृति दिवसको अवसरमा विश्विद्यालयको प्राङगणमा रहेको स्वर्गीय प्रधानमन्त्री अधिकारीको शालिकमा माल्यापर्ण गर्दै बृक्षारोपण पनि गरिएको थियो । स्मृति सभामा विश्वविद्यालयका संरक्षण समिति सदस्य सत्यनारायण चौधरी , मुकेश उपाध्याय , रजिष्टार डा दिलनाथ फुँयाल डिन प्राडा प्रचण्डमान प्रधान , निमित्त परिक्षा  नियन्त्रक भीमप्रसाद काफले ,बाम बृद्धिजिबी केशवप्रसाद गौतम लगायतले नेपालको बाम लोकतान्त्रिक आन्दोलन र शिक्षा क्षेत्रमा स्वर्गीय प्रधानमन्त्री मनमोहनको योगदानको स्मरण गरेका थिए ।

 उनीहरुले आदर्श नेता र सफल प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारी जीवनोपयोगीशिक्षाकालागिअनुकरणीय व्यक्तिव भएको बताएका थिए । बक्त्ताहरुले स्वर्गीय नेता अधिकारी   नेपालको लोकतान्त्रिक राजनीतिमा एक सफल राजनेता मात्रै नभएर शिखर र सम्मानित व्यक्तित्व  तथा  जनमुखी प्रधानमन्त्री भएको चर्चा गर्दै शिक्षक र विद्यार्थीका लागि अनुकरणीय व्यक्तित्व भएको बताएका थिए ।

 स्वर्गीय  नेता  तथा पुर्व प्रधानमन्त्री मनमोहन अधिकारीको योगदानलाई स्मरण गर्दैै मनमोहन स्मृति प्रष्ठिानले स्थापना गरेको प्राविधिक शिक्षालयलाई कोशी सरकारले प्रदेश सभाबाट कानुन निर्माण गरेर प्राविधिक विश्वविद्यालयमा रुपान्तरण गरेको हो । स्मृति दिवसको अवसरमा मनमोहन प्राविधिक  विश्वविद्यालयका पदाधिकारी , कर्मचारी अनि स्थानिय समाजबासेवीहरुको सहभागिता थियो

 

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.