Websoft University

भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता हुँदै


सन्जिब दुलाल - भक्तपुर बैशाख १४ गते  । भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता हुने भएको छ । नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिले पत्रकार सम्मेलन गर्दै भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता हुन लागेको जानकारी दिएको हो । 

भक्तपुरमा आगामी वैशाख १९ र २० गते दुई दिन भक्तपुरको जगातीमा उक्त प्रतियोगिता गर्न लागेको सङ्घले जानकारी दिएको छ । 

दुई दिनसम्म चल्ने यस प्रतियोगितामा सातै प्रदेशका २० भन्दा बढी जिल्लाबाट करिब १२० जना खेलाडीहरू सहभागी हुने अनुमान गरिएको आयोजक किक बक्सिङ सङ्घ भक्तपुरका अध्यक्ष कृष्णराम जाकिबञ्जारले जानकारी दिनुभयो । 


उहाँका अनुसार प्रतियोगिताबाट राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरू पहिचान गरी प्रशिक्षण दिई भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्न सक्ने खेलाडी छनोट गर्ने उद्देश्य रहेको समेत जानकारी दिनुभयो । 


प्रतियोगिता अन्तर्राष्ट्रिय मान्यता अनुसार तौल तथा वर्गगत रूपमा हुने समेत अध्यक्ष जाकिबञ्जारले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा कुल ११ वटा तौल तथा वर्गगत प्रतिस्पर्धाहरू हुने छन् जसमा पुरुष तर्फ ५१ केजी५४ केजी५७ केजी६३ दशमलव ५ केजी६७ केजी७५ केजी र खुल्ला तौल वर्गमा प्रतिस्पर्धा हुने छ भने महिला तर्फ ५२ केजी५७ केजी६० केजी र खुल्ला तौल वर्गमा प्रतिस्पर्धा हुने छ ।


यस्तै प्रतियोगिताको विशेष आकर्षणको रूपमा २ वटा प्रो फाइट (व्यावसायिक स्तरका खेल) समेत खेलाइने अध्यक्ष ले जानकारी दिनुभएको थियो ।

 

यस्तो किसिमको भक्तपुरमा पहिलो पटक प्रतियोगिता आयोजना हुन लागेको बताउँदै उहाँले यस्ता प्रतियोगिताबाट खेलाडी तिखारिने तथा व्यावसायिक रूपमा खेलमा लाग्न सहयोग समेत मिल्ने बताउनुभएको थियो । 

 

खेलाडीहरूको सुरक्षालाई मध्यनजर गर्दै आयोजक समितिले प्रत्येक खेलाडीलाई प्रतियोगिता अवधिभर लागू हुने गरी रु. २ लाख सम्मको बिमा व्यवस्था गरेको सङ्घका सचिव राजु सिंह बजिकोले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता विश्व किक बक्सिङ महासङ्घ(wAKO) द्वारा स्वीकृत K1 नियमावली अनुसार सञ्चालन हुनेछ । प्रत्येक बाउट ३ राउन्डको हुनेछर प्रत्येक राउन्डको अवधि २ मिनेट निर्धारण गरिएको समेत उहाँले जानकारी दिनुभयो । 

प्रतियोगितामा खेलाडीहरूलाई शिल्ड प्रमाणपत्र तथा नगद पुरस्कारले समेत सम्मान गरिने उहाँले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.