Websoft University
Latest Post


मोरङ, श्रावण १४ गते । रातो तारा डट कम,मोरङको बिराटनगर महानगरपालिका-२ बरगाछी चोकबाट नियन्त्रीत लागुऔषध एन्फाटामाईन (आईस) सहित १ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा मंगलवार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले को ३७ प ८३१६ नम्बरको मोटरसाईकलमा सवार रहेका सुन्दरहरैचा नगरपालिका-८ का ४२ बर्षीय राम प्रसाद राईलाई २२२ ग्राम.१५० मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका पोखरेलको सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा निजको घरमा समेत रहेको भन्ने प्रारम्भीक अनुसन्धानबाट खुले संगै निजको घरमा नियमानुसार खानतलासी गर्दा थप ३०८ ग्राम ७८ मिलिग्राम एन्फाटामाईन (आईस) बरामद भएको थियो । यसरी कुल ५३० ग्राम ९३ मिलिग्राम नियन्त्रीत लागुऔषध एन्फाटामाईन (आईस) सहित पक्राउ परेका पोखरेलको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



काठमाण्डौ साउन १४ गते । रातो तारा डट कम,कञ्चनपुर सहित देशभर रसायनिक मल युरियाको अभाव भइरहेका बेला भारतबाट दैनिक रूपमा अबैध नाका प्रयोग गरि सयौं क्वीन्टल रसायनिक मल भित्रिन थालेको छ  । बजारमा प्रति कट्टा नौ सयमा पाईने मल दोधाराचादनीमा ब्यापारीहरूले एक हजार आठ सयदेखि दुईहजार प्रति कट्टासम्ममा बिक्रि गरिरहेका छन् । 

सिमानाकामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी हुँदा समेत दैनिकजसो प्रहरीकै मिलेमतोमा दोधाराचादनीमा रसायनिक मल भित्रिरहेको स्थानीयको आरोप छ । गड्डाचौकी भन्सार भएर समेत ल्याउन नमिल्ने तथा के कसरी आईरहेको छ ? सो बारे आफूलाई जानकारी नभएको गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरका निमित्त भन्सार प्रमुख नकुल शर्माले बताउनुभयो । 

यतिबेला कोरोना संक्रमणका कारण भारतसँगको सीमानाका सरकारले पुर्ण रूपले सिल गरे पनि प्रहरीसँगको मिलेमतोमा अवैध नाका प्रयोग गरि भारतबाट दैनिक रूपमा रसायनिक मल लगायतका सामानहरू नेपाल भित्रिएपछि स्थानीयहरूमा कोरोना संक्रमण फैलिने चिन्ता बढेको छ । सीमानाकामा सशस्त्र प्रहरीको गस्ती गरिएको तथा थप सिभिल गस्ती परिचालन गरि यस्तो कार्यलाई तत्काल रोकिने सशस्त्र प्रहरीका एसपी बिरबहादुर साहुले बताउनुभयो । 



काठमाण्डौ साउन १४ गते । रातो तारा डट कम, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको नेताहरुको मनमुटाव र भारतले भने इौं, चरम विवादको परिदृश्य सबैले हेर्न पाए–भारले मनपरी बोलिरहेको,देश मिचि रहेको, भारतिय गुप्तचर लगाएर पैसा दिएर नेता किन्ने भनिरहेको, बेला बहुमतको सरकार गिराउन खोजेर भारतलाई सहयोग गरेको जस्तो पो देखियो । अहिले यसो गर्नु देशका लागि दुर्भाग्य हो, जनता भन्दै छन ।

दुुई अध्यक्षबीच बैठक रोक्ने र अगाडी बढाउने विषयमा पहिलो पटक नयाँ कदम देखिएपछि पार्टीभित्र विभाजनको बाटो तिर जान खोजेको भन्दै, यस बेला सरकार गिराउने र भारलाई सहयोग गर्ने भन्दा पनि देशका सत्रु, कोरोनाको नियान्त्रण देशको सीमा सुरक्षामा समय खर्चिनु पर्ने बेलामा यो भारतको भनाइलाई साकार हुने गरि नेताहरुले गरेको खितानी जनताले मनपराएनन् । नेताका गलत रबैया हेरेर आम नेपाली जनताले दु,ख व्याक्त गरेका छन । 

दुईजना अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपामा पहिलो पटक पार्टी बैठक एकजनाले स्थगित गर्नु भएको छ । अर्का अध्यक्षले एक पक्षीय बैठक गरेर विधी अनुसार चल्न उनै अध्यक्षलाई निर्देशन दिनुभएकोछ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयको तर्फबाट स्थायी कमिटीको बैठक स्थगित भएको सूचना जारी भएपछि अर्का अध्यक्ष प्रचण्डले बरिष्ष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल सहितको बैठक गर्नु भएको हो ।
त्यही बैठकले पार्टी दुई चिरामा विधिवत् रुपमा उभिएको देखिएको छ । प्रधानमन्त्री ओली कुनैपनि अवस्थामा नझुक्ने अडानमा उभिएपछि हिजो अध्यक्ष प्रचण्ड र नेपालपक्षले ओलीको कोर्टमा फालेको बल यतैतिर फर्किएको छ । प्रचण्डका अगाडी अब सम्झौता गरेर ‘पछि हट्ने कि विभाजन रोज्ने’ भन्ने विषय आइपुगेको
छ । 

ओलीले अध्यक्ष र प्रधानमन्त्री पद छाड्नुपर्ने अवस्था आए बरु विभाजन नै रोज्ने संकेत पटकपटक देखाइसक्नु भए पनि त्यसो नगरेर ओलीले एमसीसी खारेजी गर्दै, मध्याअवधि ठोकेर पाँच वर्ष ओलीले सरकार चलाउने र स्थानिय चुनाव सगै सबै चुनाव गराउन सरकारलाई जनताले सुजाव दिन थालेकोछन । नेकपाका नेपालपक्षका एक स्थायी समिति सदस्य भन्नुहुन्छ,– ‘अब प्रधानमन्त्री चट्टानी अडानमा रहेपछि पार्टी जोगाउन कसले धेरै सम्झौता गर्ने भन्ने सवाल आएको छ । नभए पार्टी एकता जोगिने अवस्था छैन ।’ 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.