Websoft University

नेकपा विवादको परिदृश्य सबैले हेर्न पाए–भारले मनपरी बोलिरहेका बेला बहुमतको सरकार गिराउन खोजेर भारतलाई सहयोग गरेको जस्तो पो देखियो । अहिले यसो गर्नु देशका लागि दुर्भाग्य हो। ओलीलाई जनताको सुझाव ?



काठमाण्डौ साउन १४ गते । रातो तारा डट कम, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको नेताहरुको मनमुटाव र भारतले भने इौं, चरम विवादको परिदृश्य सबैले हेर्न पाए–भारले मनपरी बोलिरहेको,देश मिचि रहेको, भारतिय गुप्तचर लगाएर पैसा दिएर नेता किन्ने भनिरहेको, बेला बहुमतको सरकार गिराउन खोजेर भारतलाई सहयोग गरेको जस्तो पो देखियो । अहिले यसो गर्नु देशका लागि दुर्भाग्य हो, जनता भन्दै छन ।

दुुई अध्यक्षबीच बैठक रोक्ने र अगाडी बढाउने विषयमा पहिलो पटक नयाँ कदम देखिएपछि पार्टीभित्र विभाजनको बाटो तिर जान खोजेको भन्दै, यस बेला सरकार गिराउने र भारलाई सहयोग गर्ने भन्दा पनि देशका सत्रु, कोरोनाको नियान्त्रण देशको सीमा सुरक्षामा समय खर्चिनु पर्ने बेलामा यो भारतको भनाइलाई साकार हुने गरि नेताहरुले गरेको खितानी जनताले मनपराएनन् । नेताका गलत रबैया हेरेर आम नेपाली जनताले दु,ख व्याक्त गरेका छन । 

दुईजना अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपामा पहिलो पटक पार्टी बैठक एकजनाले स्थगित गर्नु भएको छ । अर्का अध्यक्षले एक पक्षीय बैठक गरेर विधी अनुसार चल्न उनै अध्यक्षलाई निर्देशन दिनुभएकोछ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयको तर्फबाट स्थायी कमिटीको बैठक स्थगित भएको सूचना जारी भएपछि अर्का अध्यक्ष प्रचण्डले बरिष्ष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल सहितको बैठक गर्नु भएको हो ।
त्यही बैठकले पार्टी दुई चिरामा विधिवत् रुपमा उभिएको देखिएको छ । प्रधानमन्त्री ओली कुनैपनि अवस्थामा नझुक्ने अडानमा उभिएपछि हिजो अध्यक्ष प्रचण्ड र नेपालपक्षले ओलीको कोर्टमा फालेको बल यतैतिर फर्किएको छ । प्रचण्डका अगाडी अब सम्झौता गरेर ‘पछि हट्ने कि विभाजन रोज्ने’ भन्ने विषय आइपुगेको
छ । 

ओलीले अध्यक्ष र प्रधानमन्त्री पद छाड्नुपर्ने अवस्था आए बरु विभाजन नै रोज्ने संकेत पटकपटक देखाइसक्नु भए पनि त्यसो नगरेर ओलीले एमसीसी खारेजी गर्दै, मध्याअवधि ठोकेर पाँच वर्ष ओलीले सरकार चलाउने र स्थानिय चुनाव सगै सबै चुनाव गराउन सरकारलाई जनताले सुजाव दिन थालेकोछन । नेकपाका नेपालपक्षका एक स्थायी समिति सदस्य भन्नुहुन्छ,– ‘अब प्रधानमन्त्री चट्टानी अडानमा रहेपछि पार्टी जोगाउन कसले धेरै सम्झौता गर्ने भन्ने सवाल आएको छ । नभए पार्टी एकता जोगिने अवस्था छैन ।’ 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.