Websoft University

नियन्त्रीत लागुऔषध एन्फाटामाईन सहित १ जना पक्राउ


मोरङ, श्रावण १४ गते । रातो तारा डट कम,मोरङको बिराटनगर महानगरपालिका-२ बरगाछी चोकबाट नियन्त्रीत लागुऔषध एन्फाटामाईन (आईस) सहित १ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा मंगलवार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले को ३७ प ८३१६ नम्बरको मोटरसाईकलमा सवार रहेका सुन्दरहरैचा नगरपालिका-८ का ४२ बर्षीय राम प्रसाद राईलाई २२२ ग्राम.१५० मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका पोखरेलको सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा निजको घरमा समेत रहेको भन्ने प्रारम्भीक अनुसन्धानबाट खुले संगै निजको घरमा नियमानुसार खानतलासी गर्दा थप ३०८ ग्राम ७८ मिलिग्राम एन्फाटामाईन (आईस) बरामद भएको थियो । यसरी कुल ५३० ग्राम ९३ मिलिग्राम नियन्त्रीत लागुऔषध एन्फाटामाईन (आईस) सहित पक्राउ परेका पोखरेलको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.