Websoft University
Latest Post


काठमाण्डौ पुस १२ गते । रातो तारा डट कम,केही दिनदेखि उपत्यकाको तापक्रम निरन्तर घट्दै गएको छ । उपत्यकाको न्यूनतम् तापक्रम आज बिहान शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको हो । यो काठमाडौं उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो । 

हिजो उपत्यकाको तापक्रम एक दशमलव दुइ डिग्री सेल्सियस थियो । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । तापक्रम घटेसँगै उपत्यकामा बिहान र बेलुका बढी चिसो महसुस भएको छ । दिउँसोपख घाम लाग्ने भएकाले दिउँसोको तापक्रम भने नघट्ने गरेको मौसमविद्को कडेलको भनाइ छ । 

आज उपत्यकाको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसो बढेकाले मौसम पूर्वानुमान महाशाखाले आगमी २४ घण्टाको चेतावनी तथा परामर्श जारी तराईका भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो रहेकाले राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आई चिसो नै रहने भएकाले चिसोबाट बच्ने उपायहरु अपनाउनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्कता अपाउन आग्रह गरेको छ ।



काठमाण्डौ पुस १२ गते । रातो तारा डट कम,चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को उपाधि जितेको छ । पोखरामा आज  भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो । 

उपाधिसँगै चितवनले २७ लाख प्राप्त गरेको छ । उपविजेता बनेको विराटनगरले १० लाख रुपैयाँ प्राप्त गर्यो ।  पोखरा क्रिकेट मैदानमा चितवनले दिएको २ सय ३ रनको फराकिलो लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।   

यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाएको थियो ।  गत संस्करणमा भने चितवन घरेलु टोली पोखरा पल्टनसंग पराजित भएको थियो । पीपीएल उपाधिसंगै पारस खड्का नेपालमा हुने तीनवटै फ्रेन्चाइज क्रिकेटको उपाधी जित्न सफल हुनुभएको छ । 

यसअघि पारसको कप्तानीमा रहेको टिमले एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिगको उपाधि जितेको थियो । 


काठमाण्डौ पुस १२ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टीबारे विपक्षी दल काँग्रेस सहित विरोधी शक्तिले अनावश्यक भ्रम फैलाइरहेको बताउनुभएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा सपथग्रह कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न समाजिक सञ्जालमा लगानी गरेर, अनेक ढंगबाट भ्रम फैलाउने काम भइरहेको बताउनुभयो । चुनावमा नजितेपछि काँग्रेस नेतृत्वको तत्कालीन सरकारले अनैतिक रुपमा विभिन्न निर्णय गरेको उल्लेख गर्दै ओलीले त्यसको दोष पनि वर्तमान सरकारमाथि नै थोपर्ने काम भएको बताउनुभयो । उहाँले नेपालमा कोही पनि भोकै नमर्ने उल्लेख गर्दै सरकारले जनहित अनुरुप काम गरिरहने बताउनुभयो । विगतमा स्थिर सरकार नहुँदा नै देश विकास हुन नसकेको उल्लेख गर्दै ओलीले अहिले नेकपाले बहुमत ल्याएर सबै ध्यान आर्थिक समृद्धिमा केन्द्रीत गर्दा पनि बिरोधका नाममा विरोध भइरहेको आरोप लगाउनुभयो । ओलीले आफू नेतृत्वको सरकारले असाधारण काम गरेको दावी गर्दै त्यसलाई विरोधी शक्तिले स्विकार गर्न नचाहेको बताउनुभयो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.