Websoft University

पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि चितवनले चुम्यो


काठमाण्डौ पुस १२ गते । रातो तारा डट कम,चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को उपाधि जितेको छ । पोखरामा आज  भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो । 

उपाधिसँगै चितवनले २७ लाख प्राप्त गरेको छ । उपविजेता बनेको विराटनगरले १० लाख रुपैयाँ प्राप्त गर्यो ।  पोखरा क्रिकेट मैदानमा चितवनले दिएको २ सय ३ रनको फराकिलो लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।   

यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाएको थियो ।  गत संस्करणमा भने चितवन घरेलु टोली पोखरा पल्टनसंग पराजित भएको थियो । पीपीएल उपाधिसंगै पारस खड्का नेपालमा हुने तीनवटै फ्रेन्चाइज क्रिकेटको उपाधी जित्न सफल हुनुभएको छ । 

यसअघि पारसको कप्तानीमा रहेको टिमले एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिगको उपाधि जितेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.