Websoft University

प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा सपथग्रह कार्यक्रमलाई प्रधानमन्त्रीले गर सम्बोधन


काठमाण्डौ पुस १२ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टीबारे विपक्षी दल काँग्रेस सहित विरोधी शक्तिले अनावश्यक भ्रम फैलाइरहेको बताउनुभएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा सपथग्रह कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न समाजिक सञ्जालमा लगानी गरेर, अनेक ढंगबाट भ्रम फैलाउने काम भइरहेको बताउनुभयो । चुनावमा नजितेपछि काँग्रेस नेतृत्वको तत्कालीन सरकारले अनैतिक रुपमा विभिन्न निर्णय गरेको उल्लेख गर्दै ओलीले त्यसको दोष पनि वर्तमान सरकारमाथि नै थोपर्ने काम भएको बताउनुभयो । उहाँले नेपालमा कोही पनि भोकै नमर्ने उल्लेख गर्दै सरकारले जनहित अनुरुप काम गरिरहने बताउनुभयो । विगतमा स्थिर सरकार नहुँदा नै देश विकास हुन नसकेको उल्लेख गर्दै ओलीले अहिले नेकपाले बहुमत ल्याएर सबै ध्यान आर्थिक समृद्धिमा केन्द्रीत गर्दा पनि बिरोधका नाममा विरोध भइरहेको आरोप लगाउनुभयो । ओलीले आफू नेतृत्वको सरकारले असाधारण काम गरेको दावी गर्दै त्यसलाई विरोधी शक्तिले स्विकार गर्न नचाहेको बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.