Websoft University

सुन्दरहरैचाको गछियामा भएको वडा स्तरिय फुटबल खेलको क्वाटर फाइनलमा वार्ड नं १० विजयी

शिव भट्टराई,मोरङ पुस १२ गते । रातो तारा डट कम,
बिपि अध्ययन प्रतिष्ठान नेपाल नगर खेलकुद कार्यसमिति सुन्दरहरैचाको आयोजनामा सुन्दरहरैचा नगरपालिकाका मेयर शिव ढकाल द्वारा रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गर्दै आईतबार बाट सुरु गरिएको वडा स्तरिय नकाउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलको तेस्रो खेलमा वार्ड नं १० विजयी भएको छ।

स्थानिय खेलाडी लाई फुटबलमा स्तरिय बनाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तर सम्म समाबेश गराउने उदेश्य का साथ सुन्दरहरैचा वाड नं ७ गाछियामा रहेको सजिलाल मा वि को खेल मौदानमा आयोजना गरिएको सो फुटबल प्रतियोगितामा सुन्दरहरैचा का १२ वटै वाड का १२ टिम सहभागी भएका छन्।

गछिया खेलमैदानमा भएको क्वाटर फाइनलको तेस्रो खेलमा वडा नम्बर १० र १२ बीच कडा प्रतिश्पर्धा भएको थियो। खेलमा ० का विरुद्ध २ गोल गर्दै  वाड नं १० ले जित हासिल गरेको छ भने आज को खेल मा वार्ड नं १० कै जर्सी नं २ खेलाडी बलेन थापा लाई म्यान अफ द म्याच घोषित गर्दै सो लाई सौजन्य गछियाका व्यवसायी सञ्जित राई बाट पुरस्कार प्रदान गरिएको थियो।

त्यस्तै भोलि को खेलमा वार्ड नं १ र ७ बिच प्रतिस्पर्धा हुने भएको आयोजक समितिका उपाध्यक्ष नविन बरालले बताएका छन्।प्रतियोगिताको उपाधी विजेताले नगद ५१ हजार तथा उपविजेताले नगद २६ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.