Websoft University

पोडकाष्ट तालिम आज देखि उद्योग संगठन सुरु


काठमाण्डौ पुस १२ गते । रातो तारा डट कम,उद्योग संगठन मोरंङ, अमेरिकन कर्नर विराटनगर, अमेरिकन ऐम्वेशी काठमाण्डौं र डाइनामिक युथ फोरमको संयूक्त आयोजनामा युवाहरुका लागि आज मिति २०७६ पौष १२ गते देखि तीन दिने पोडकाष्ट तालिमको उद्योग संगठन मोरंगमा प्रारम्भ भएको छ ।

तालिमको उद्घाटन कार्यक्रममा उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेले कुनैपनि तालिमले आफुमा भएको शिपलाई थप परिमार्जित र परिस्कृत वनाउने भएकाले प्रत्येक युवाले तालिम लिई आफुलाई इच्छा भएको क्ष्ँेत्रमा काम गर्नु पर्ने धारणा राख्नु भयो । अध्यक्ष घिमिरेले सामाजिक रुपान्तरणमा युवाहरुको महत्वपूर्ण भूमिका हुने भएकाले सामाजिक विषय वस्तुलाई कसरी वढी भन्दा वढी प्रभावकारी ढंगबाट प्रस्तुत गरी सबैको ध्यान केन्द्रित गर्न सकिन्छ भन्ने विषयमा तीन दिने पोडकाष्ट तालिमले सिकाउने भएकाले युवाहरुलाई लक्ष्क्षित गरी उद्योग संगठन मोरंगले अमेरिकन ऐम्वेशीको सहकार्य गर्दै तालिम आयोजना गरेको वताउनु भयो ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति मोरंगका प्रमुख नरेश पोखरेलले मानिसको वाचन गर्ने शैलीले श्रवण गर्ने मानिसलाइ आकर्षित गर्ने भएकाले आफुमा निहित वाचन शैलीलाई परिस्कृत गर्नु पर्ने धारणा राख्नु भयो । उहाले कुनैपनि माध्यमबाट रोचक ढंगका साथ समाजका जल्दा वल्दा विषय वस्तु उठान गरी आम जनमानसमा पु¥याउन सके सकारात्मक परिवर्तन आउन सक्ने भएकाले युवाह?ले आफ्नो प्रस्तुती शैलिलाई निर्खानु पर्नेमा जोड दिनु भयो ।

तीन दिने तालिमको श्रोत व्यक्ति सविना कार्कीले युवाह?लाई लक्ष्ँित गरी आयोजना गरिएको यस तालिमले सकारात्मक परिवर्तनका लागि पोडकाष्टलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिने वताउनु भयो । उहाले पोडकाष्ट कुनैपनि विषयलाई गहिराईमा गएर प्रस्तुत गर्न सिकाउने कला भएकाले तालिमका सहभागिहरुले आगामी दिनमा सामाजिक विषय वस्तुलाई अत्यन्त फरक शैलीबाट उठान गर्ने विश्वास व्यक्त गर्नु भयो । उद्योग संगठन मोरंगका वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेलले समाजको रुपान्तरणमा संचार क्ष्ँोत्रको महत्वपूर्ण भूमिका हुने भएकाले यस क्ष्ँोत्रमा भविष्य वनाउने चाहने युवाका लागि पोडकाष्ट तालिम अत्यन्त उपयोगि हुने विश्वास व्यक्त गर्नु भयो ।

उहाले युवाह?लाई संचारका क्ष्ँेत्रमा आफ्नो भिन्न छाप छोडन पोडकाष्ट तालिमले सिकाउने आशा व्यक्त गर्नु भयो । कार्यक्रममा उद्योग संगठन मोरंगका कोषाध्यक्ष नन्दकिशोर राठी, अमेरिकन ऐम्वेशीका जनक भट्ट, डाईनामिक युथ फोरमका सौरभ खनाल लगायत विभिन्न
क्ष्ँेत्रका युवा तथा युवतिहरुको सहभागिता रहेको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.