Websoft University

तेक्वान्दो खेलाडीहरुलाई प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले माला, खादा र सम्मान पत्र प्रदान गर्दै सम्मान गरे


बिराटनगर पुस १२ गते । रातो तारा डट कम,रामेछापको खाँडादेवी गाउँपालिका –७ , गाल्पामा सम्पन्न २० औं राष्ट्रिय सिनियर आइटिएफ तेक्वान्दो प्रतियोगीतामा प्रदेश १ बाट सहभागी भई पदक जित्न सफल खेलाडीहरुलाई प्रदेश १ आइटिएफ तेक्वान्दो संघले सम्मान गरेको छ ।

विराटनगरमा आज खेलाडी सम्मान कार्यक्रमको आयोजना गरि संघले प्रतियोगीतामा पदक जित्न सफल २२ जना खेलाडीहरुलाई सम्मान गरेको हो । संघको तर्फबाट विजेता खेलाडीहरुलाई प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले माला, खादा र सम्मान पत्र प्रदान गर्दै सम्मान गरे ।

खेलाडी सम्मान कार्यक्रममा प्रदेश प्रमुख प्यासीले उक्त प्रतियोगीतामा ग्रुप स्पायरिङको पुरुष विधामा स्वर्ण पदक प्राप्त गर्ने भुवन मगर, दिलन राई,बीरबहादुर तामाङ, हिराधन राई र सुरज चौधरी , पुरुष एकल स्पायरिङको ८० केजी माथीको तौल समूहमा स्वर्ण पदक प्राप्त गर्ने रोशन मगर र ६० देखि ६५ केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गर्ने आशिष मगर र महिला एकल प्याटन व्ल्याक वेल्ट फष्ट डान तर्फ स्वर्ण पदक प्राप्त गर्ने केरिसा आचार्यलाई सम्मान गरे ।
त्यस्तै प्रदेश प्रमुख प्यासीले प्रतियोगीताको पुरुष ग्रुप प्याटन तर्फ रजत पदक प्राप्त गर्ने संगित राई, आशिष तामाङ , अभय राई , मिसन श्रेष्ठ र विक्रम श्रेष्ठ र पुरुष एकल प्याटन व्ल्याक वेल्ट तेस्रो डान तर्फ रजत प्राप्त गर्ने अर्जुन चौधरीलाई समेत सम्मान गरे ।
त्यसैगरी प्रतियोगीतामा महिला ग्रुप स्पायरिङ तर्फ कास्य पदक प्राप्त गर्ने अमिसा तामाङ, भावना तामाङ, विपना राई, श्रद्धा आचार्य र रोमिला राई , पुरुष एकल स्पायरिङ विधाको ६५ देखि ७० केजी तौल समूहमा कास्य पदक प्राप्त गर्ने निशान खत्रीले , ५० देखि ५५ केजी तौल समूहमा कास्य पदक प्राप्त गर्ने लोप्सन शेर्पा र महिला एकल स्पायरिङ विधाको ६५–७० केजी तौल समूहमा कास्य पदक प्राप्त गर्ने भावना तामाङलाई प्रदेश प्रमुख प्यासीले सम्मान गरे ।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख प्यासीले खेलको माध्यमबाट देश र नागरिकको गरिमा बढाउने खेलाडीहरुको अब राज्यले जिम्वेवारी लिने बताए । उनले भने,‘ अनुशासन, लगन,इमान्दार, आँट,क्षमता र विश्वासका साथ खेल खेल्नुस् र देशको नामलाई उचाईमा पु¥याउने काम गर्नुस् राज्यले खेलाडीको जिम्वेवारी लिन्छ ।’ उनले अब खेलकुदको माध्यमबाटपनि जिविकोपार्जन गर्नसक्ने अवस्था आइसकेकोले खेलाडीहरुले आत्मविश्वास र जिम्वेवारी पूर्वक आफ्नो खेल , कौशल प्रदर्शन गर्न आग्रह गरे । प्रदेश प्रमुख प्यासीले खेलाडीहरुले शारिरीक खेल सँगै सामाजीक विचारको पनि खेल खेल्नुपर्ने औंल्याए ।
गएको मंसिर २८ गतेदेखि ३० गते तीन दिनसम्म सञ्चालन भएको २० औं सिनियर आइटिएफ तेक्वान्दो प्रतियोगीतामा एकल स्पायरिङ पुरुष र महिला, ग्रुप स्पायरिङ पुरुष र महिला , एकल प्याटन पुरुष र महिला, ग्रुप प्याटन पुरुष र महिला र सेल्फ डिफेन्स पुरुष र महिला गरि पाँच वटा विधामा प्रतिष्पर्धा भएको थियो ।
प्रतियोगीतामा यस प्रदेशले तीन वटा विधामा स्वर्ण , दुई विधामा रजत र चार वटा विधामा कास्य पदक प्राप्त गर्न सफल भएको आयोजक संघका अध्यक्ष एवं केन्द्रिय उपाध्यक्ष प्रविणकुमार कार्कीले जानकारी दिएका छन् ।
उक्त प्रतियोगीतामा प्रदेश १ बाट २६ जना खेलाडीहरुले सहभागीता जनाएकोमा २२ जना खेलाडीहरुले पदक जित्न सफल भएका र उनीहरुको योगदानको कदर गर्दै र आगामी खेलकुद जीवन अझ सफल बन्दै जाओस् भन्ने कामनासहित सम्मान गरिएको आयोजक संघका अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष कार्कीले बताए ।
उक्त प्रतियोगीतामा सात वटा प्रदेश र विभागीय टिम त्रिभुवन आर्मी क्लव र एपिएफका गरि २ सय ७५ जना खेलाडीहरुले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगीतामा आर्मी क्लव प्रथम, एपिएफ दोस्रो र प्रदेश १ तेस्रो हुन सफल भएको कार्कीले जानकारी दिएका छन् । सम्मान कार्यक्रम जीतन थापाको अध्यक्षतामा भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.