Websoft University

कृषि समचार– किसान सुन्तला बेचेर आम्दानी गर्दै

काठमाण्डौ पुस १२ गते । रातो तारा डट कम,पाल्पाको रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला व्यवसायबाट किसानले राम्रो आम्दानी गरेका छन् । अन्य खेती भन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थाले पछी पाल्पाका किसानहरु यसप्रति आकर्षित बनेका हुन् । गाउँका प्रत्येक किसानका बारीमा कम्तिमा ३ सयदेखि एक हजारसम्म सुन्तलाका बोटहरु छन् । किसानले यो मौसममा ३ देखि १० लाखसम्म आम्दानी गर्दै आएको रैनादेवी छहरा ४ का कमल प्रसाद घिमिरेले बताउनुभयो । पाल्पाका युवाहरुले सुन्तला खेति बाट राम्रो आम्दानी लिइरहेका छन् । २०÷ २५ घर रहेको एक गाउँ बाट मात्रै सुन्तला बिर्की गरेर करोड भन्दा बढी रकम गाउँ भित्रिने गरेको छ । अहिले पाल्पाको रिब्दीकोट रैनादेवी छहरा र अर्घाखाँचीको पडेनाका किसानहरुले सहकारीमा आबद्ध भएर सुन्तला खेती गरिरहेका छन् । पाल्पा सुन्तलाको पकेट क्षेत्र पनि हो । यहाँ उत्पादन भएको सुन्तला सदरमुकाम तानसेन बुटवल पोखरा भैरहवा नारायणगढ र काठमाडांैसम्म पुग्ने  गरेको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.