Websoft University

काठमाण्डौमा तापक्रम निरन्तर घट्द–तराइमा पनि चिसो बढ्र्दै,


काठमाण्डौ पुस १२ गते । रातो तारा डट कम,केही दिनदेखि उपत्यकाको तापक्रम निरन्तर घट्दै गएको छ । उपत्यकाको न्यूनतम् तापक्रम आज बिहान शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको हो । यो काठमाडौं उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो । 

हिजो उपत्यकाको तापक्रम एक दशमलव दुइ डिग्री सेल्सियस थियो । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । तापक्रम घटेसँगै उपत्यकामा बिहान र बेलुका बढी चिसो महसुस भएको छ । दिउँसोपख घाम लाग्ने भएकाले दिउँसोको तापक्रम भने नघट्ने गरेको मौसमविद्को कडेलको भनाइ छ । 

आज उपत्यकाको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसो बढेकाले मौसम पूर्वानुमान महाशाखाले आगमी २४ घण्टाको चेतावनी तथा परामर्श जारी तराईका भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो रहेकाले राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आई चिसो नै रहने भएकाले चिसोबाट बच्ने उपायहरु अपनाउनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्कता अपाउन आग्रह गरेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.