Websoft University
Latest Post


 

बिराटनगर, २०८०/०६/१९ गते अन्दाजी १२:३० बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ९ स्थित घोघापुल चोकमा दुई समूह बिच झडप हुन लागेको भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ९ स्थित घोघापुल तथा शनिमन्दिर चोकबाट विभिन्न घरेलु हातहतियार सहित १५ जना मानिस पक्राउ गरि अनुसन्धान भई रहेको ।

हातहतियार सहित घटना घाटउनु अघी नै शंकित व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको कारण दुई समूह विच हिंसात्मक झडप हुन नपाई सम्भाबित दुर्घटनामा टार्न सफल भएको । 

पक्राउ १५ जना व्यक्तिहरू मध्ये ६ जना १८ बर्ष वा सो भन्दा माथिका बयश्क रहेको ।

निम्न

१.​जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ४ बस्ने वर्ष १८ को सेख कबी अली 

२.​जिल्ला सुनसरी बर्जु गाउँपालिका वडा नं. ६ बस्ने वर्ष १८ को बिजय चोधरी 

३.​जिल्ला सुनसरी बर्जु गाउँपालिका वडा नं. ६ बस्ने वर्ष १९ को राहुल दास 

४.​जिल्ला सुनसरी बर्जु गाउँपालिका वडा नं. ६ बस्ने वर्ष १९ को ललन कुमार मेहता 

५.​जिल्ला सुनसरी बर्जु गाउँपालिका वडा नं. ६ बस्ने वर्ष १९ को संजय मेहता 

६.​जिल्ला सुनसरी बर्जु गाउँपालिका वडा नं. ६ बस्ने वर्ष १९ को प्रेम चौधरी 

 

बरामद सामानहरू

१.​तरवार- अन्दाजी ४ फिटको थान-१ 

२.​खुर्पा थान- १

३.​लाठी थान-५ 

४.​फलामको धारिलो नोख थान-१ 

५.​नोखको रूपमा प्रयोग गरिने धातुको चुरा थान- ५ 

६.​पेचकस थान- १


बिराटनगर १८ असोज २०८०,चोरी पैठारी नियन्त्रण तथा राजश्व चुहावटका साथै राजश्व विभागसंग सम्वन्धीत समसामयिक विषयमा उद्योगी व्यवसायी र विभागका महानिर्देशक नवराज ढुंगाना वीच उद्योग संगठन मोरङमा छलफल भएको छ ।

 छलफलमा संगठनका अध्यक्ष्ँ राकेश सुरानाले नियतवश हुने कसुर तथा भुलवश हुने गल्ती छुटयाई अनुसन्धान पश्चात मात्र कारवाही अगाडी वढाउन विभागका महानिर्देशकलाई आग्रह गरे । शंका कै आधारमा व्यवसायी माथि भईरहेको धरपकडले व्यवसायीको सामाजिक प्रतिष्ठामा आच आई डर र त्रासको वातावरण सिर्जना भई लगानी संकुचित हुदै गएको उनले वताए । राज्यले गैर कानुनी कारोवारलाई निरुत्साहित गर्दा कानुनको अधिनमा रही व्यापार व्यवसाय गर्दै आएकाहरुको प्रोत्साहित गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।

 विभागका महानिर्देशक नवराज ढुंगानाले राजश्व चुहावट तथा चोरी पैठारी नियन्त्रणका लागि सरकार र नीजि क्ष्ँेत्रको सामुहिक प्रयास र विश्वासको वातावरण हुनुपर्ने वताए । आगामी दिनमा आन्तरिक व्यापार वित्तीय क्ष्ँेत्रको सुधारको अपेक्षा गर्दै कानुन सम्मत व्यसायक गरी राजश्वको लक्ष्य प्राप्तीमा सबै क्ष्ँेत्रको सहयोगका लागि अनुरोध गरे । उनले व्यापार र उत्पादन लागत घटाउन सुधारको आवश्यकता औल्याउदै यसका लागि सरकार र नीजि क्ष्ँेत्र दुवै जिम्मेवार हुनुपर्ने धारणा राखे ।

 नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष्ँ राजेन्द्र राउतले भन्सारबाट सबै प्रकृया पुरा गरी छुटेका सामानलाई वीच वाटोमा चेकजांच गर्ने परिपाटीको अन्त्य गरी एउटै स्थान र निकायबाट सम्पूर्ण प्रकृया पुरा हुने व्यवस्था गर्न आग्रह गरे । संगठनका निवर्तमान अध्यक्ष्ँ सुयश प्याकुरेलले गैरकानुनी कृयाकलापमा संलग्न र कानुनसम्मत कारोवार गर्नेलाई राज्यले समान प्रकृतिको व्यवहार गर्दा नीजि क्ष्ँेत्रको मनोवल घटदै गएको प्रति ध्यानाकर्षण गराउदै व्यवसायमैत्री वातावरण वनाउनु पर्नेमा जोड   दिए ।

 कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष्ँ पवन शारडा, संगठनका उपाध्यक्ष्ँहरु, कार्यसमिति सदस्यहरु, मोरङ व्यापार संघ, इनरुवा, ईटहरी, झुम्का, सुनसरी उद्योग वाणिज्य संघ अध्यक्ष्ँ एवं राजश्व अनुसन्धान विभागका प्रतिनिधि र उद्योगी व्यवसायीको उपस्थिती थियो ।  

 

 


विराटनगर ÷ विराटनगर महानगरपालिकाले स्वास्थ्यतर्फको वार्षिक समीक्षा सम्पन्न गरेको छ ।

महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा गत आर्थिक वर्ष २०७९÷८० मा स्वास्थ्यतर्फ वार्षिकसमीक्षा सम्पन्नभएकोहो । कार्यबाहक मेयर कार्कीले महानगरले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभयो । उहाँले महानगरवासीले सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउने गरी कार्य गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रहसमेत गर्नुभयो ।

 प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले महानगर क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुले समयमा नै पूर्ण रिपोर्टिङ गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निजी संस्थाहरुले विभिन्न खाले बिरामीहरुलाई नेपाल सरकारद्वारा दिइएको छुटसम्बन्धी विवरण चुस्तदुरुस्त राख्नसमेत आग्रह गर्नुभयो । सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले स्वास्थ्य संस्थाहरुले प्रतिवेदनमा पेश भएकाजस्तै वास्तविकतामा अपनाए÷नअपाएनको भनी आत्मसीक्षा जरुरी रहेको औंल्याउनुभयो ।

विगतका कमीकमजोरीलाई सच्याउँदै महानगरवासी स्वास्थ्य पहुँच अझै सहज बनाउनुपर्नेमा उहाँको जोड थियो । गत आर्थिक वर्ष स्वास्थ्य क्षेत्रमा सतप्रतिशत बजेट खर्च भएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो । 

कार्यक्रममा महानगरका तर्फबाट तथ्यांक अधिकृत दीपक भट्टराई, वैजनाथपुर अस्पतालका तर्फबाट सिनियर अहेव अधिकृत भोला तिम्सिना, विराटनगर आँखा अस्पतालका तर्फबाट कुमार पृथुलगायतले आफ्नो संस्थाले गरेका कार्यको प्रस्तुतीकरण दिनुभएको थियो । सो अवसरमा विराटनगर महानगरअन्तर्गतका २१ वटा स्वास्थ्य संस्थासहित विराटनगर क्षेत्रभित्रका निजी स्वास्थ्य संस्थाका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.