Websoft University

हिंसात्मक झडप हुन नपाई सम्भाबित दुर्घटनामा टार्न सफल


 

बिराटनगर, २०८०/०६/१९ गते अन्दाजी १२:३० बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ९ स्थित घोघापुल चोकमा दुई समूह बिच झडप हुन लागेको भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ९ स्थित घोघापुल तथा शनिमन्दिर चोकबाट विभिन्न घरेलु हातहतियार सहित १५ जना मानिस पक्राउ गरि अनुसन्धान भई रहेको ।

हातहतियार सहित घटना घाटउनु अघी नै शंकित व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको कारण दुई समूह विच हिंसात्मक झडप हुन नपाई सम्भाबित दुर्घटनामा टार्न सफल भएको । 

पक्राउ १५ जना व्यक्तिहरू मध्ये ६ जना १८ बर्ष वा सो भन्दा माथिका बयश्क रहेको ।

निम्न

१.जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ४ बस्ने वर्ष १८ को सेख कबी अली 

२.जिल्ला सुनसरी बर्जु गाउँपालिका वडा नं. ६ बस्ने वर्ष १८ को बिजय चोधरी 

३.जिल्ला सुनसरी बर्जु गाउँपालिका वडा नं. ६ बस्ने वर्ष १९ को राहुल दास 

४.जिल्ला सुनसरी बर्जु गाउँपालिका वडा नं. ६ बस्ने वर्ष १९ को ललन कुमार मेहता 

५.जिल्ला सुनसरी बर्जु गाउँपालिका वडा नं. ६ बस्ने वर्ष १९ को संजय मेहता 

६.जिल्ला सुनसरी बर्जु गाउँपालिका वडा नं. ६ बस्ने वर्ष १९ को प्रेम चौधरी 

 

बरामद सामानहरू

१.तरवार- अन्दाजी ४ फिटको थान-१ 

२.खुर्पा थान- १

३.लाठी थान-५ 

४.फलामको धारिलो नोख थान-१ 

५.नोखको रूपमा प्रयोग गरिने धातुको चुरा थान- ५ 

६.पेचकस थान- १

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.