Websoft University

महानगगरको स्वास्थ्यतर्फको वार्षिक समीक्षा सम्पन्न


विराटनगर ÷ विराटनगर महानगरपालिकाले स्वास्थ्यतर्फको वार्षिक समीक्षा सम्पन्न गरेको छ ।

महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा गत आर्थिक वर्ष २०७९÷८० मा स्वास्थ्यतर्फ वार्षिकसमीक्षा सम्पन्नभएकोहो । कार्यबाहक मेयर कार्कीले महानगरले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभयो । उहाँले महानगरवासीले सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउने गरी कार्य गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रहसमेत गर्नुभयो ।

 प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले महानगर क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुले समयमा नै पूर्ण रिपोर्टिङ गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निजी संस्थाहरुले विभिन्न खाले बिरामीहरुलाई नेपाल सरकारद्वारा दिइएको छुटसम्बन्धी विवरण चुस्तदुरुस्त राख्नसमेत आग्रह गर्नुभयो । सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले स्वास्थ्य संस्थाहरुले प्रतिवेदनमा पेश भएकाजस्तै वास्तविकतामा अपनाए÷नअपाएनको भनी आत्मसीक्षा जरुरी रहेको औंल्याउनुभयो ।

विगतका कमीकमजोरीलाई सच्याउँदै महानगरवासी स्वास्थ्य पहुँच अझै सहज बनाउनुपर्नेमा उहाँको जोड थियो । गत आर्थिक वर्ष स्वास्थ्य क्षेत्रमा सतप्रतिशत बजेट खर्च भएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो । 

कार्यक्रममा महानगरका तर्फबाट तथ्यांक अधिकृत दीपक भट्टराई, वैजनाथपुर अस्पतालका तर्फबाट सिनियर अहेव अधिकृत भोला तिम्सिना, विराटनगर आँखा अस्पतालका तर्फबाट कुमार पृथुलगायतले आफ्नो संस्थाले गरेका कार्यको प्रस्तुतीकरण दिनुभएको थियो । सो अवसरमा विराटनगर महानगरअन्तर्गतका २१ वटा स्वास्थ्य संस्थासहित विराटनगर क्षेत्रभित्रका निजी स्वास्थ्य संस्थाका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.