Websoft University
Latest Post


काठमाण्डौ चैत १९ गते । रातो तारा डट कम, देशभरको ३५ स्थानबाट एकसाथ बिहान ८ बजे मतदान सुरु गरी ४ बजे सकिने भएको छ ।  नेपाल बारको २६ औँ केन्द्रीय कार्यसमिति र अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरू गरी २५ जनाको कार्यसमितिका लागि ९ हजार सात सय आठ जना अधिवक्ता मतदाता भएर आज  भोट खसालिरहेका छन । नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गर्नुभएको छ । 


 


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,सफल सिद्धार्थ एकेडेमीले गर्यो २९औं अभिभावक दिवस तथा प्रर्दशनी कार्यक्रम


मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५मा रहेको सफल सिद्धार्थ एकेडेमीले आफनो २९औं अभिभावक दिवस तथा प्रर्दशनी कार्यक्रम सम्पन्न गरेको छ।


कार्यक्रममा एकेडेमीका अध्यक्ष कमल तिम्सिनाको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङको प्रमुख आतिथ्यता रहेको थियो।त्यसैगरी कार्यक्रममा प्रमुख अतिथि तामाङले सफल सिद्धार्थ स्कूलले नाम अनुसारको सफल हुँदै जाओस् भन्दै स्कूलको उन्नति र प्रगतिको कामना व्यक्त गरेकी थिइन्। 


कक्षा नर्सरी देखि १० सम्मको पठन पाठन हुने सो स्कुलमा अहिलेको समयमा प्रविधि मैत्री,सिपमुलक शिक्षा आवश्यक रहेको बताउँदै सो आवश्यकता परिपूर्ति गर्दै आउँदा दिनमा स्कूललाई सुन्दरहरैंचा कै नमूना स्कूल बनाउने लक्ष्य लिएको कमल तिम्सिनाले बताएका छन्।


 अभिभावक दिवसको अवसरमा विद्यार्थीले बनाएका विज्ञान तथा अन्य विषयका सामाग्रीहरु प्रर्दशनीमा राखिएको थियो ।४सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयलको उक्त कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीेले नृत्य लगायतका सांस्कृतिक प्रस्तुति गरेका थिए । कार्यक्रममा निजी तथा आवासिय विद्यालय अर्गानाईजेशन प्याब्सनका केन्द्रीय सचिव हेमन्त कार्की ,सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५का वडाध्यक्ष राम रिजाल लगायत अन्य विशिष्ठ व्यक्तिहरू सहित अभिवावक र विद्यार्थीहरूको उपस्थिति  रहेको थियो ।

 


श्याम राई÷उदयपुर गाईघाट, १८ चैत्र। रातो तारा डट कम, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सिंहदरवारमा रहेको अधिकार सँगै विकृती, विसंगती र भ्रष्टाचार वडा तह सम्म आईपुगेको बताएकाछन् ।

उनले यथास्थितीलाई अन्त्य गरेर नयाँ  ढंङगले अघि नबढे सम्म मुलुकमा संवृद्धि आउन नसक्ने बताए । ‘ अब कांग्रेस, एमाले र माओवादीको विकल्प खोज्ने बेला आएको छ, अब राष्ट्रिय प्रजातन्त्र पार्टी त्यसको विकल्पमा अघि बढेको छ ।’ उनले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी उदयपुरले शुक्रबार गाईघाटमा गरेको आमसभामा पार्टी अध्यक्ष लिङदेनले विगत ३१ वर्षको अवधिमा एक हजार युवा एकै ठाउँमा बसेर काम गर्ने उद्योग धन्दाको स्थापना हुन नसकेको बताए । ‘ देशलाई पूर्ण रुपमा बेरोजगारी उत्पादन गर्ने कारखानामा परिणत गरियो, देशको अर्थतन्त्र पूर्ण रुपमा ध्वस्त बनाईयो ।,  ४ वर्षको अवधिमा राष्ट्रिय ऋण दुई गुणाले बढेर नेपालीको टाउकोमा ऋण बोकाउने काम गरियो ।’ उनले भने । ‘ अब हामीले यस्तो गल्ती गर्नु हुदैन, अब बाझो भैसकेको ति पार्टी र तिनका नेताहरुलाई भोट दिएर देश बन्छ भन्नु आफनो भविश्य ववार्द गर्ने काम मात्र होईन हामीले भावी सन्ततीको भविश्य समाप्त गर्ने र देशकै भविश्य खतरामा पार्ने काममा सहभागी हुनु भएको उनले बताए ।

उनले स्थानीय तहको निर्वाचनमा दलिय गठबन्धन गरेर निर्वाचनमा भाग लिने बारे पार्टीले अहिले सम्म कुनै योजना नबनाएको बताए ।‘ हामीले अहिले सम्म त्यस्तो कुनै निर्णय गरेका छैनौ, प्रतिपक्ष दलबाट गठबन्धन गरेरचुनावमा जनु पर्ने कुरा आएको भए पनि आवश्यकताको आधारमा गठबन्धन गर्न सकिने उनले बताए । अध्यक्ष लिङदेनले आगामी स्थानीय तहको निर्वाचनमा राप्रपाले जितेको स्थानीय तहमा कक्षा १२ सम्म निशुल्क गरिने बताए ।

स्वास्थ्य उपचार नपाएर कसैले मृत्यु वरण गर्न नपरोस भनेर हरेक वडामा आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी ढंगलबाट लागू गरिने समेत उनले बताए ।






MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.