Websoft University

सिंहदरवारमा रहेको अधिकार सँगै विकृती, विसंगती र भ्रष्टाचार वडा तह सम्म आईपुग्यो- राप्रपा अध्यक्ष जेन्द्र लिङदेन

 


श्याम राई÷उदयपुर गाईघाट, १८ चैत्र। रातो तारा डट कम, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सिंहदरवारमा रहेको अधिकार सँगै विकृती, विसंगती र भ्रष्टाचार वडा तह सम्म आईपुगेको बताएकाछन् ।

उनले यथास्थितीलाई अन्त्य गरेर नयाँ  ढंङगले अघि नबढे सम्म मुलुकमा संवृद्धि आउन नसक्ने बताए । ‘ अब कांग्रेस, एमाले र माओवादीको विकल्प खोज्ने बेला आएको छ, अब राष्ट्रिय प्रजातन्त्र पार्टी त्यसको विकल्पमा अघि बढेको छ ।’ उनले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी उदयपुरले शुक्रबार गाईघाटमा गरेको आमसभामा पार्टी अध्यक्ष लिङदेनले विगत ३१ वर्षको अवधिमा एक हजार युवा एकै ठाउँमा बसेर काम गर्ने उद्योग धन्दाको स्थापना हुन नसकेको बताए । ‘ देशलाई पूर्ण रुपमा बेरोजगारी उत्पादन गर्ने कारखानामा परिणत गरियो, देशको अर्थतन्त्र पूर्ण रुपमा ध्वस्त बनाईयो ।,  ४ वर्षको अवधिमा राष्ट्रिय ऋण दुई गुणाले बढेर नेपालीको टाउकोमा ऋण बोकाउने काम गरियो ।’ उनले भने । ‘ अब हामीले यस्तो गल्ती गर्नु हुदैन, अब बाझो भैसकेको ति पार्टी र तिनका नेताहरुलाई भोट दिएर देश बन्छ भन्नु आफनो भविश्य ववार्द गर्ने काम मात्र होईन हामीले भावी सन्ततीको भविश्य समाप्त गर्ने र देशकै भविश्य खतरामा पार्ने काममा सहभागी हुनु भएको उनले बताए ।

उनले स्थानीय तहको निर्वाचनमा दलिय गठबन्धन गरेर निर्वाचनमा भाग लिने बारे पार्टीले अहिले सम्म कुनै योजना नबनाएको बताए ।‘ हामीले अहिले सम्म त्यस्तो कुनै निर्णय गरेका छैनौ, प्रतिपक्ष दलबाट गठबन्धन गरेरचुनावमा जनु पर्ने कुरा आएको भए पनि आवश्यकताको आधारमा गठबन्धन गर्न सकिने उनले बताए । अध्यक्ष लिङदेनले आगामी स्थानीय तहको निर्वाचनमा राप्रपाले जितेको स्थानीय तहमा कक्षा १२ सम्म निशुल्क गरिने बताए ।

स्वास्थ्य उपचार नपाएर कसैले मृत्यु वरण गर्न नपरोस भनेर हरेक वडामा आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी ढंगलबाट लागू गरिने समेत उनले बताए ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.