Websoft University


 सुनसरी । रातो तारा डट कम,इटहरी उपमहानगरपालिकाले अटिजम भएका वालवालिका अध्यन गर्ने भिन्न प्रतिभा वालवालिका हेरचाह समूह इटहरी ९ लाई पाँच लाख मूल्य वरावरका विभिन्न समाग्री प्रदानगरेकोछ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी,उपप्रमुख लक्ष्मी गौतम र प्रमुख प्रशासकीय अघिकृत रामचरित्र मेहताले विभिन्न ३७ प्रकारका समाग्री भिन्न प्रतिभा वालवालिका हेरचाह समूह इटहरी ९ का अध्यक्ष टंक कुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । सुत्ने वेड,हिवल चेयर,खेल्ने समाग्रीहरु,साइकल,एक्सरसाइज गर्ने समाग्रीहरु,कुर्सी,किताव लगायत प्रदान गरिएको हो । इटहरी उपमहानगरपालिकामा संचालित अपांगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्र्तगत ती समाग्रीहरु प्रदान गरिएको हो ।इटहरी उपमहानगरपालिकाले विभिन्न अत्यावशकीय समाग्री प्रदान गरेकोमा समूहका अध्यक्ष श्रेष्ठले खुशी ब्यक्त गर्नुभयो । अटिजम भएका वालवालिकाका अविभावकले संचालन गरेको सो अध्यन समूहमा २२ जना वालवालिका अध्यनरत छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.