Websoft University

सफल सिद्धार्थ एकेडेमीले गर्यो २९औं अभिभावक दिवस तथा प्रर्दशनी कार्यक्रम सम्पन्न

 


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,सफल सिद्धार्थ एकेडेमीले गर्यो २९औं अभिभावक दिवस तथा प्रर्दशनी कार्यक्रम


मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५मा रहेको सफल सिद्धार्थ एकेडेमीले आफनो २९औं अभिभावक दिवस तथा प्रर्दशनी कार्यक्रम सम्पन्न गरेको छ।


कार्यक्रममा एकेडेमीका अध्यक्ष कमल तिम्सिनाको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङको प्रमुख आतिथ्यता रहेको थियो।त्यसैगरी कार्यक्रममा प्रमुख अतिथि तामाङले सफल सिद्धार्थ स्कूलले नाम अनुसारको सफल हुँदै जाओस् भन्दै स्कूलको उन्नति र प्रगतिको कामना व्यक्त गरेकी थिइन्। 


कक्षा नर्सरी देखि १० सम्मको पठन पाठन हुने सो स्कुलमा अहिलेको समयमा प्रविधि मैत्री,सिपमुलक शिक्षा आवश्यक रहेको बताउँदै सो आवश्यकता परिपूर्ति गर्दै आउँदा दिनमा स्कूललाई सुन्दरहरैंचा कै नमूना स्कूल बनाउने लक्ष्य लिएको कमल तिम्सिनाले बताएका छन्।


 अभिभावक दिवसको अवसरमा विद्यार्थीले बनाएका विज्ञान तथा अन्य विषयका सामाग्रीहरु प्रर्दशनीमा राखिएको थियो ।४सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयलको उक्त कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीेले नृत्य लगायतका सांस्कृतिक प्रस्तुति गरेका थिए । कार्यक्रममा निजी तथा आवासिय विद्यालय अर्गानाईजेशन प्याब्सनका केन्द्रीय सचिव हेमन्त कार्की ,सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५का वडाध्यक्ष राम रिजाल लगायत अन्य विशिष्ठ व्यक्तिहरू सहित अभिवावक र विद्यार्थीहरूको उपस्थिति  रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.