Websoft University
Latest Post


काठमाण्डौ भाद्र १६ गते । रातो तारा डट कम,गुल्मीको चन्द्रकोट गाउँपालिकामा समुदाय स्तरमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि गाँउपालिका शिल गर्ने तयारी गरिएको छ । चन्द्रकोट गाउँपालिकाको विभिन्न वडामा समुदाय स्तरमा गरिएको परीक्षणमा वडाका जनप्रतिनिधी ,बैंकका कर्मचारी, व्यवसायीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदाय स्तरमा कोरोना फैलिएको निष्कर्ष निकाल्दै गाउँपालिका पूर्ण बन्द गर्न लागिठएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकासचन्द्र शर्माले बताउनुभयो । सङ्क्रमितहरु कसैलाईपनि कुनै प्रकारको लक्षण देखिएको छैन । अहिले उनिहरुको अवस्था सामान्य रहेको र होम आईसोलेसनमा बस्न भनिएको पनि उहाँले जानकारी दिनुभयो ।




काठमाण्डौ भाद्र १६ गते । रातो तारा डट कम,पर्सामा थप एक जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । नारायणी अस्थायी हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका ५३ वर्षका पुरुष रहेका छन् । कोरोना सङ्क्रमण पुष्टि भएपछि गत साउन ३१ मा उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो । साउन ३० मा स्वाब सङ्कलन गरी परीक्षण गर्दा साउन ३१ मा ती पुरुषमा कोरोना सङ्क्रमणपुष्टिभएकोथियो । १७ दिनदेखि उपचाररत उनको गयराति मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिनुभयो । कोरोना सङ्क्रमित ती पुरुष मधुमेह र मिर्गौलाका बिरामी समेत थिए । पछिल्लो समयमा उनमा श्वासप्रश्वासको समेत समस्या देखिएको थियो ।




काठमाण्डौ भाद्र १६  गते । रातो तारा डट कम,राजेश पायल राईको आवाजमा गीत सार्बजनिक भएको गीतको समाचार प्रकाशन गरि साथ र सहयोग गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्दछौ । उक्त समाचार पठाउदा यस गीतका निर्देशक प्रतिभाशाली गायक तथा सङ्गीतकार सन्तोष दुमीको नाम सन्तोष दुमि हुनुपर्नेमा 'सन्तोष डुमी भएको जनकारी गराउदै सबैमा सच्याई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ । समाचारमा पठाउदा नाम गलत पर्न गएकोमा सबैप्रती क्षमाप्रार्थी छौ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.