Websoft University

पर्सामा थप एक जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु


काठमाण्डौ भाद्र १६ गते । रातो तारा डट कम,पर्सामा थप एक जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । नारायणी अस्थायी हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका ५३ वर्षका पुरुष रहेका छन् । कोरोना सङ्क्रमण पुष्टि भएपछि गत साउन ३१ मा उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो । साउन ३० मा स्वाब सङ्कलन गरी परीक्षण गर्दा साउन ३१ मा ती पुरुषमा कोरोना सङ्क्रमणपुष्टिभएकोथियो । १७ दिनदेखि उपचाररत उनको गयराति मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिनुभयो । कोरोना सङ्क्रमित ती पुरुष मधुमेह र मिर्गौलाका बिरामी समेत थिए । पछिल्लो समयमा उनमा श्वासप्रश्वासको समेत समस्या देखिएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.