Websoft University
Latest Post


मोरङ, श्रावण १९ गते । रातो तारा डट कम,मोरङको लेटाङ नगरपालिका-८ जाँते बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कर्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले स्थानीय २८ बर्षीय मनोज कुमार मगरलाई ट्रामा- ३१६ ट्याब्लेट र डिकोलिक-३८८ ट्याब्लेट सहित आईतवार राती पौने ११ बजे पक्राउ गरेको हो । को २ ह ६१७४ नम्बरको टेम्पोमा सवार रहेका मगरलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त परिणामको लागुऔषध बरामद भए संगै टेम्पो, मानिस र लागुऔषध नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 


धनकुटा, श्रावण १९ गते । रातो तारा डट कम,धनकुटाको साँगुरीगढी गाउँपालिका-३ की ७७ बर्षीया सरस्वती गुरुङ याक्खाको खोलाले बगाएर मृत्यु भएको छ । आईतवार दिउँसो साँढे ४ बजेको समयमसा रघुवा खोला तर्ने क्रममा अचानक सोही खोलाले बगाउँदा मृत्यु भएको भनी जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 



बिराटनगर, श्रावण १९ गते । रातो तारा डट कम,भोजपुर र ईलाममा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । भोजपुरको अरुण गाउँपालिका-७ का ३१ बर्षीय गोबिन्द कोईरालाको स्थानीय हङग्रिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी ईलामको माई नगरपालिका-२ का ६१ बर्षीय मकरध्वज योङहाङ लिम्बु जुकेघाडी जंगलको भित्री सडक खण्डमा सडक छेउमा रहेको पानी जमेको खाल्डोमा डुबी रहेको अवस्थामा मृत फेला परेका छन् । आईतवार राती पौने ८ बजेको समयमा योङहाङ मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी मेची अस्पताल चन्द्रगढी पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.