Websoft University

पानीमा डुबेर २ जनाको मृत्यु


बिराटनगर, श्रावण १९ गते । रातो तारा डट कम,भोजपुर र ईलाममा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । भोजपुरको अरुण गाउँपालिका-७ का ३१ बर्षीय गोबिन्द कोईरालाको स्थानीय हङग्रिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी ईलामको माई नगरपालिका-२ का ६१ बर्षीय मकरध्वज योङहाङ लिम्बु जुकेघाडी जंगलको भित्री सडक खण्डमा सडक छेउमा रहेको पानी जमेको खाल्डोमा डुबी रहेको अवस्थामा मृत फेला परेका छन् । आईतवार राती पौने ८ बजेको समयमा योङहाङ मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी मेची अस्पताल चन्द्रगढी पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.