Websoft University
Latest Post


काठमाण्डौ साउन १७ गते । रातो तारा डट कम,नेपाली काँग्रेसले पदावधि सकिएका पार्टीका बिभिन्न ९ वटा भ्रातृ सङ्घको म्याद ६ महिनाका लागि थपेको छ । काँग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद सकिएका  मितिबाट छ महिनाका लागि भ्रातृ सङ्घहरुको म्याद हिजो थप गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सीआईएनसँग बताउनुभयो । काँग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल तामाङ सङ्घ र नेपाल ठाकुर समाजको म्याद थप गरेको हो । महाधिवेशन नजिकिँदै गर्दा काँग्रेसमा गुटगत राजनीति चलिरहेको बेलामा सभापति देउवाले एकलौटी रूपमा सङ्घहरूको म्याद थप्नुभएको छ । नेता रामचन्द्र पौडेल पक्षले भने आफूहरूसँग छलफल नगरी जथाभावी निर्णय गरिएको भन्दै असन्तुष्टि जनाएको छ ।



काठमाण्डौ साउन १७ गते । रातो तारा डट कम,गीतकार अम्बिका गुरुङले रच ना गरेको गीत ुमेरो पुर्खा बिर गोर्खालीु सार्वजनिक भएको छ । गीतमा संगीत तथा स्वर शंकर थापा स्माईलको सुन्न सकिन्छ भने गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन्। निसान कास्यप घिमिरेले निर्देशन र सपादन गरेको गीतले राष्टियता देखाएको छ । गीतको भिडियोमा रुप कार्की र मनोज ओली फिचर्ड छन्।  भिडीयोमा बुद्द थापाको छायांकन , दिपु पौडेलको मेकअप  समाबेस रहेको छ।


जेरी ताम्राकार, काठमाण्डौ साउन १७ गते । रातो तारा डट कम,देशका सपुत हाम्रा आदरणीय बन्दनीय व्यक्तित्व सालीन नेतृत्व कुलमान घिसिङ्गले देशलाई अन्धकारमुक्त बनाउन भयो बहाँ लाई नेपाल सरकारले राष्ट्रिय सम्मान गर्नु नै पर्दछ यो हाम्रो नेपाल सरकारलाई गंभीर ध्यानाकर्षण सहित अपिल गर्दछौ।

आज वहाँले नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी लिदा ज्ञठ अर्ब घाटामा रहेको बिद्युत चुहावट मुनाफाखोरी तस्करी र पहुँचबालाले बिद्युत चोरी गरी देशमा ज्ञड घन्टा लोडसेडिङ भएको हामीले देखेका छौ। आज अर्बको बिद्युत घाटा उठाई प्रतिवर्ष छ अर्ब आम्दानी हुने रणनीतिका साथ वहाँ अगाडि बढाउदै हुनुहुन्छ। यसमा तत्कालीन ऊर्जा मंत्री जनार्दन शर्मा र हालका सम्माननीय प्रधानमन्त्री ज्यू को पनि सहयोग र समर्थन छ। वहाँहरूमा उच्च सम्मान टक्रयाउन छौ। बिद्युत माफियाहरुको ब्रम्हलुट बन्द भएका कारण कुलमान घिसिङ्ग ज्यू लाई विवादमा पार्न समेतका केही व्यक्तिले हात धोएर पछि परेका छन।

आज देशको राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने काम गर्ने महान सपुत श्री कुलमान घिसिङ्ग ज्यूको कार्यकाल यही आगामी महिनामा सकिदै छ। जन राय र देशका प्रधानमन्त्री ज्यू समेतलाई देश बनाउन र निरन्तरता दिन जन दवाव आजैदेखि सरकारलाई गंभीर ध्यानाकर्षण सहित सरकारलाई दवाव दिन लागी आन्दोलनमा सडकमा उत्रिन्छौँ हामी नेपाली जनता। वहाँलाई हटाउने होइन निरन्तरता दिनु आजको अपरिहार्य आवश्यकता मात्र होईन समयगत माग हो। जव सम्म देशको भाग्य र भविष्य निर्माणमा युवाहरू नलागे सम्म र च्ष्नजत mबल ष्ल चष्नजत उबिअभ को वातावरण सृजना नभए सम्म देशको बिकास एवंम परिवर्तन संभव छैन ।

आज म मिशन नेपालको नेतृत्वको हिसाबले राष्ट्र तथा अन्तर्राष्ट्रिय जगतमा रहनु हुने सबै जन नागरिकहरूले कुलमान घिसिङ्गलाई निरन्तरता अभियानमा सबै ऐक्यबद्धता जाहेर गरी सहकार्य गर्न आफ्नो प्रतिबद्धता व्यक्त गर्न हार्दिक अनुरोध गर्दछु। काम गर्ने मानिसका लागि समय र सीमा अबधी र सिमाङ्कन हुदैन। अब देशलाई अन्धकार तर्फ लैजाने कि उज्यालो तर्फ यसमा जन निर्णय र जनतामा भर पर्छ।

आजैदेखि आ आफ्नो स्थानबाट सहयोग र सेबा गरौ राष्ट्रिय एकता आजको अपरिहार्य आवश्यकता मात्र होईन अपरिहार्यता भएको छ। यस्ता महान आदर्श व्यक्तित्व बाहेक अन्य बिकल्प छैन। सबै जागौ कुलमान घिसिङ्ग ज्यूलाई थप जिम्मेवारी र निरन्तरताकोलागि हामी एक हौ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.