Websoft University

काँग्रेसका ९ भ्रातृ सङ्घको म्याद थप्यो– देउवाले एकलौटी गरेको भन्दै पौडेल पक्षको आपति


काठमाण्डौ साउन १७ गते । रातो तारा डट कम,नेपाली काँग्रेसले पदावधि सकिएका पार्टीका बिभिन्न ९ वटा भ्रातृ सङ्घको म्याद ६ महिनाका लागि थपेको छ । काँग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद सकिएका  मितिबाट छ महिनाका लागि भ्रातृ सङ्घहरुको म्याद हिजो थप गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सीआईएनसँग बताउनुभयो । काँग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल तामाङ सङ्घ र नेपाल ठाकुर समाजको म्याद थप गरेको हो । महाधिवेशन नजिकिँदै गर्दा काँग्रेसमा गुटगत राजनीति चलिरहेको बेलामा सभापति देउवाले एकलौटी रूपमा सङ्घहरूको म्याद थप्नुभएको छ । नेता रामचन्द्र पौडेल पक्षले भने आफूहरूसँग छलफल नगरी जथाभावी निर्णय गरिएको भन्दै असन्तुष्टि जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.