Websoft University
Latest Post


काठमाण्डौ साउन १७ गते । रातो तारा डट कम,मुगुका एक जना  ठेकेदार बेपता भएका छन् । जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँका अन्दाजी ३० वर्षका ठेकेदार टासी तामाङ २० लाख रुपैयाँ सहित गत १४ गते देखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । 

कार्यालयका अनुसार तामाङले गत मंगलबार पुलु स्थित राष्ट्रिय वाणिज्य बैंकबाट सानो कोइकी पर्यटकीय पद मार्गको भुक्तानी लिन सदरमुकाम गमगढी बजारमा आएका थिए । बैंकबाट रकम लिएर गाउँ फर्कने क्रममा उनी बेपत्ता भएको प्रहरी नायव उपरिक्ष भुवनेश्वर प्रसाद साहले जानकारी दिनु भयो  । 

उहाँका अनुसार बेपत्ताको खोजीका लागि पुलु प्रहरी चौकीको टोली परिचालन गरिएको साहको भनाई रहेकोछ । साउन १४ गते राति उनी चितैकुनाको एक होटेलमा बास बसेका र त्यही रात स्थानीय सँग झगडा पनि परेको प्रहरीले जानकारी दिएको छ ।  मजदुरलाई वितरण गर्न तामाङले बैंकबाट रकम भुक्तानी लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 


काठमाण्डौ साउन १७ गते । रातो तारा डट कम, भक्तपुरमा एक हजार तीन सय ७१ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरकाले जानकारी  दिए अनुसार आर्थिक वर्ष २०७६÷७७ मा उक्त संख्यामा मतदाता थपिएका हुन् । 

कार्यालयका सूचना अधिकारी भीमबहादुर बीसीले गत वर्ष महिला ६ सय ७३ र पुरुष ६ सय ९८ गरी कूल एक हजार तीन सय ७१ जना मतदाता थपिएको जानकारी दिनुभयो  । यससँगै भक्तपुरमा मतदाताको संख्या एक लाख ७९ हजार चार सय ७० पुगेको उहाले बताउनुभयो । 

निर्वाचन कार्यालयले गत वर्षको भदौ ८ गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम अघि बढाएको थियो । कार्यक्रमअनुसार भक्तपुरमा जिल्लाबाट बाहिरी जिल्लामा ठाउँ सार्न नौ वटा निवेदन परेको सूचना अधिकारी बीसीले बताउनुभयो  ।  



विराटनगर साउन १७ गते । रातो तारा डट कम, महानगरपालिका वडा नं। १६ दरैया स्थित ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ को २ ह ८२९३ नम्बरको टेम्पोमा लोड गरी जिल्ला मोरङ विराटनगर १२ बस्ने बर्ष २७ को रंजित कुमार राम र ऐ १६ बस्ने बर्ष २४ को गोलु यादवले ल्याउदै गरेको अन्दाजी ५८ हजार ६ सय बराबरको लत्ताकपडाहरू बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानीमा बुझाउने पहल भई रहेको । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.