Websoft University

भक्तपुरमा मतदाता थपिए


काठमाण्डौ साउन १७ गते । रातो तारा डट कम, भक्तपुरमा एक हजार तीन सय ७१ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरकाले जानकारी  दिए अनुसार आर्थिक वर्ष २०७६÷७७ मा उक्त संख्यामा मतदाता थपिएका हुन् । 

कार्यालयका सूचना अधिकारी भीमबहादुर बीसीले गत वर्ष महिला ६ सय ७३ र पुरुष ६ सय ९८ गरी कूल एक हजार तीन सय ७१ जना मतदाता थपिएको जानकारी दिनुभयो  । यससँगै भक्तपुरमा मतदाताको संख्या एक लाख ७९ हजार चार सय ७० पुगेको उहाले बताउनुभयो । 

निर्वाचन कार्यालयले गत वर्षको भदौ ८ गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम अघि बढाएको थियो । कार्यक्रमअनुसार भक्तपुरमा जिल्लाबाट बाहिरी जिल्लामा ठाउँ सार्न नौ वटा निवेदन परेको सूचना अधिकारी बीसीले बताउनुभयो  ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.