Websoft University
Latest Post


काठमाण्डौ चैत १९ गते । रातो तारा डट कम,निर्माण व्यवसायी संघ खोटाङले ‘लकडाउन’का क्रममा ड्युटीमा खटिएका प्रहरीलाई पानी, जुस लगायतका खाद्यन्न सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’लाई सफल बनाउनका लागि दिनरात ड्युटीमा खटिएका प्रहरीलाई निर्माण व्यवसायी संघले सामग्री प्रदान गरेको हो । जिल्ला प्रहरी कार्यालयको प्रांगणमा निर्माण व्यवसायी संघका प्रमुख संरक्षक कुमार आचार्यलगायतको व्यवसायीको टोलीले जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक वामदेव गौतमलाई पानी, जुस र चाउचाउ हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।




काठमाण्डौ चैत १९ गते । रातो तारा डट कम,कोरोना सङ्क्रमण फैलन नदिन सरकारले लकडाउनको अवधि लम्ब्याएसँगै बारा प्रशासनले पनि यसअघि जारी गरिएको निषेधाज्ञा लम्बयाएको छ । लकडाउनलाई पूर्ण रुपमा कार्यान्वयन गराउन प्रशासनले गत चैत १० गते निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिमको अधिकार प्रयोग गर्दै बारा प्रशासनले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म लागु हुनेगरी जारी गरेको निषेधाज्ञा आगामी २५ गते राती १२ बजेसम्मका लागि थप भएको जिल्ला प्रशासन कार्यालय बाराले बिज्ञप्तीमार्फत जनाएकोछ । प्रशासनले अति आवश्यक काममा बाहेक घर बाहिर ननिस्कन पनि नागरिकलाई आग्रह गरेको छ ।




काठमाण्डौ चैत १९ गते । रातो तारा डट कम,कोभिड १९ विरुद्ध लड्नका लागि राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो बजेटको दुई करोड रुपैयाँ सरकारलाई फिर्ता गर्ने भएको छ । चालू आर्थिक वर्षकोे कार्यक्रम तथा बजेटबाट प्रशासनिक खर्च तथा अत्यावश्यक कार्यक्रमहरु बाहेक अन्य कार्यक्रम स्थगन गर्ने निर्णय गरेको आयोगले जनाएको छ । यो रकम कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण र रोकथाममा प्रयोग गर्न सरकारलाई आग्रह गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कोभिड–१९ को सङ्क्रमणबाट बच्न र बचाउन सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न पनि आयोगले सबैलाई अनुरोध पनि गरेको छ । 


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.