Websoft University

बारामा निषेधाज्ञाको समय चैत २५ गते राती १२ बजे सम्मलाई लम्वियो



काठमाण्डौ चैत १९ गते । रातो तारा डट कम,कोरोना सङ्क्रमण फैलन नदिन सरकारले लकडाउनको अवधि लम्ब्याएसँगै बारा प्रशासनले पनि यसअघि जारी गरिएको निषेधाज्ञा लम्बयाएको छ । लकडाउनलाई पूर्ण रुपमा कार्यान्वयन गराउन प्रशासनले गत चैत १० गते निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिमको अधिकार प्रयोग गर्दै बारा प्रशासनले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म लागु हुनेगरी जारी गरेको निषेधाज्ञा आगामी २५ गते राती १२ बजेसम्मका लागि थप भएको जिल्ला प्रशासन कार्यालय बाराले बिज्ञप्तीमार्फत जनाएकोछ । प्रशासनले अति आवश्यक काममा बाहेक घर बाहिर ननिस्कन पनि नागरिकलाई आग्रह गरेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.