Websoft University

मानवअधिकार आयोगले दुई करोड रुपैयाँ सरकारलाई फिर्ता गर्ने



काठमाण्डौ चैत १९ गते । रातो तारा डट कम,कोभिड १९ विरुद्ध लड्नका लागि राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो बजेटको दुई करोड रुपैयाँ सरकारलाई फिर्ता गर्ने भएको छ । चालू आर्थिक वर्षकोे कार्यक्रम तथा बजेटबाट प्रशासनिक खर्च तथा अत्यावश्यक कार्यक्रमहरु बाहेक अन्य कार्यक्रम स्थगन गर्ने निर्णय गरेको आयोगले जनाएको छ । यो रकम कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण र रोकथाममा प्रयोग गर्न सरकारलाई आग्रह गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कोभिड–१९ को सङ्क्रमणबाट बच्न र बचाउन सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न पनि आयोगले सबैलाई अनुरोध पनि गरेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.