Websoft University
Latest Post


काठमाण्डौ चैत १४ गते । रातो तारा डट कम,कोरोना भाइरस सङ्क्रमणबाट बच्न सरकारले लागु गरेको लकडाउनको समयमा नागरिकलाई सहज रुपमा खाद्य पदार्थ परिपूर्ति गराउन बाराको निजगढ नगरपालिकाले नगर भित्रका खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीका व्यवसायीहरुलाई निर्देशन दिएको छ । मेयर सुरेशकुमार खनालको आह्वानमा सुरक्षाकर्मी र खाद्यान्न व्यवसायीहरुबीच आज सम्पन्न बैठकले दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्ति तथा बिक्रीको व्यवस्था मिलाउन आपूर्ति तथा बिक्रि व्यवस्थापन समिति गठन गरेको छ । वडा नम्बर ८ का वडा अध्यक्ष तथा बारा उध्योग वाणिज्य संघ निजगढ शाखाका पूर्व अध्यक्ष टेकबहादुर लामाको संयोजकत्वमा आपूर्ति तथा बिक्री व्यवस्थापन समिति गठन गरिएको मेयर खनालले जानकारी दिनुभयो 


शिव भट्टराई,मोरङ चैत  १४ गते । रातो तारा डट कम,सशस्त्र प्रहरी बल हाइवे सुरक्षा पोष्ट सलकपुरले लकडाउनमा कडाइ गरेको छ । कोरोनाको संक्रमणबाट बच्न देशभर लकडाउन भएपनि कतिपय ठाउँमा मनिसहरुले लकडाउन उल्लंघन गरिरहेको बेला मोरङको सुन्दरहरैंचा क्षेत्रमा कडा चेकजाँच गर्न थालिएको छ । 

मानिसहरु अत्यावश्यक काम बाहेक समेत घर बाहिर निस्कन थालेकाले संक्रमण फैलिने डर बढेको भन्दै सशस्त्र प्रहरी बल हाइवे सुरक्षा पोष्ट सलकपुरले आफ्नो क्षेत्र भित्रका विभन्न ठाउँमा टोली परिचालन गरि चेकजाँचमा कडाइ गरेको हो ।

सुरक्षा पोष्ट सलकपुरले राजमार्गमा कुद्ने सवारी साधानलाई रोकेर चेकजाँच गरि अत्यावश्यक काम बाहेक नहिंड्न भनेर सम्झाउने समेत गरेको पोष्टका इञ्चार्ज विदुर भट्टराईले जानकारी दिनभुयो । चेकजाँच बढाएसँगै अघिल्लो दिनको तुलनामा बाहिर निस्कीएर हिंड्ने मानिसहरुको संख्यामा कमि आएको उहाँले बताउनुभयो ।

साथै खाद्यान्न सामान खरिद गर्ने क्रममा समेत किराना पसलहरुमा अनावश्यक भिडभाड नगरि दिन आग्रह गर्नुका साथै २ मिटरको दुरी कायम गरेर मात्र विक्रि वितरण गर्न सुझाव दिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

यसैबीच सशस्त्र प्रहरी बल हाइवे सुरक्षा पोष्ट सलकपुरले सुन्दरहरैंचा–४ स्थित दुलारी चौकमा भेला भएर क्यारेम बोर्ड खेलिरहेको एक समुहलाई लखेटेको छ । लकडाउनको समयमा १२,१५ जना भेला भएर क्यारेमवोर्ड खेलिरहेको पाइएकाले क्यारेमबोर्ड नियन्त्रणमा लिएर उनीहरुलाई लखेटिएको भट्टराईले जानकारी दिनुभयो ।

उहाँले नगर क्षेत्रमा लकडाउन उल्लंघनका घटना भए तत्काल खबर गर्न समेत सबैलाई आग्रह गर्नु भएको छ ।


शिव भट्टराई,मोरङ चैत १४ गते । रातो तारा डट कम,जाँते, मोरङको लेटाङ नगरपालिका ९ नम्बर वडा कार्यालयले कोरानो भाइरस नियन्त्रणका साथै लकडाउनको अवस्थामा आउन सक्ने समस्या समाधानका लागि १८ सदस्यीय सर्बदलिय समन्वय समिति गठन गरेको छ । 

शुक्रबार वडा कार्यालयमा बसेको सर्वदलीय बैठकले वडाध्यक्ष कृष्णप्रसाद लुईटेलको संयोजकत्वमा समन्वय समिति गठन गरेको हो । समितिले कोरोना भाइरसको संक्रमण भएका मुलुकबाट वडामा आएकाहरुको पहिचान, निगरानी र आवश्यक परे क्वारेन्टाइनमा पठाउने, कसैलाई कोरोना भाईरस सम्बन्धि लक्षण देखा परेमा तत्काल उद्घार गर्ने, लकडाउनको अवस्थामा विपन्न परिवारमा खाद्यान्नको समस्या भएर तत्कल समाधान गर्ने तथा वडा क्षेत्रमा लकडाउनको अवस्थामा देखापर्ने समस्या समाधानका लागि सहजिकरण गर्ने वडाध्यक्ष कृष्ण लुईटेलले जानकारी दिनुभयो । 

वडामा रहेका ७ वटा टोलबाट १÷१ जना, वडाका जनप्रतिनिधि, पार्टी प्रतिनिधि, शिक्षक र प्रहरीबाट गरि १८ जनाको समन्वय समिति गठन गरिएको र हरेक टोलका प्रतिनिधिले टोलको अवस्था बारे जानकारी गराउने गरि व्यवस्था गरिएको समिति सदस्य तथा नेकपाका प्रतिनिधि सोमनाथ निरौलाले जानकारी दिनुभयो । कुनै समस्या परेमा वडाको सम्पर्क नम्बर ९८५२०७५३०९ र अस्थाई प्रहरी चौकी जाँतेको सम्पर्क नम्बर ९८५२०८७००० मा तत्काल खबर गर्न समेत समन्वय समितिले आग्रह गरेको छ । 

यसैबीच अस्थायी प्रहरी चौकी जाँतेका इञ्चार्ज बौद्धराज कार्कीले १५ दिन यता वडामा कोरोना भाइरस संक्रमण भएको मुलुकबाट कोहिपनि नआएको र संक्रमणको लक्षण भएका कुनै पनि ब्यक्ती फेला नपरेको जानकारी दिनुभयो । यसअघि लेटाङ नगरपालिकामा कोरोनाको संक्रमण फैलिन नदिन  प्रबेश नाकामा चेकजाँच गर्ने गरिएको थियो । जसका कराण पनि हालसम्म नगरभरी कसैमा पनि संक्रमणको आशंका गर्नुपर्ने अवस्था नआएको नगर प्रमुख शंकर राईले जानकारी दिनुभयो । 

चिनको वाहुङ शहरबाट माहामारी रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाईरस) अहिले विश्वभर फैलिएको छ । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमित व्यक्ति ३ जना फेला परेकामा १ जना उपचार पश्चात घर फर्किसकेका छन् भने अन्य २ जनाको उपचार भइरहेको छ  ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.