Websoft University
Latest Post


काठमान्डाैै । रातो तारा डट कम,राई इज किङको उपाधि पाएका चर्चित गायक राजेश पायल राई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ साकेला गीत ”पुर्वमा घाम लाग्यो” को भिडियो सार्वजनिक भएको छ ।

मौलिक लोक लयमा आधारित गीतमा नेपाली समाजको कला सस्कृतिलाई निकै रोचक रुपमा समेटिएको छ । पुर्वको भोजपुर , उदयपुर , धनकुटा लगायतका क्षेत्रमा बसोवास गर्ने मंगोल जातिहरुको महान पर्व साकेलाको महत्व र गरिमालाई गीतमा समेटिएको गीतकार दिप किराँतीले बताए ।

गीतमा पछिल्लो समयमा कोरियामा रहेर पनी नेपाली मौलिक गीत संगीतमा संगीत भर्नुभएका संगीतकार डि आर अटुको संगीत संयोजन र राजु कार्कीको एरेन्ज गीतमा रहेको छ । गीतको भिडियोलाई लिम्दुमी क्रियसनले बजारमा ल्याएको छ । ”पुर्वमा घाम लाग्यो” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।



काठमाण्डौ पुस १६ गते । रातो तारा डट कम,आजबाट नेपाल भ्रमण वर्ष २०२० शुरु भएको छ । सन् २०२० भरी २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमणवर्ष सुरु भएको हो । आज विशेष कार्यक्रमसहित राजधानी काठमाडौं र सातवटै प्रदेशमा एकैसाथ नेपाल भ्रमण वर्ष २०२० सुरु हुँदै छ ।

२० लाख विदेशी पर्यटक भित्र्याउने र भित्रिएका पर्यटकलाई व्यवस्थापन गर्नेगरी सम्पूर्ण तयारी पूरा भएको सरकारले जनाएको छ । भ्रमण वर्षको आज दशरथ रङ्गशालामा एक समारोहका बीच उद्घाटन हुनेछ । काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको उद्घाटन गर्नुहुनेछ । उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष संवोधन गर्नुहुने कार्यक्रम रहेको छ । 

नेपाल भ्रमण वर्षले हरेक नेपालीलाई जोड्ने संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई सीआईएनसँग बताउनुभयो । सीआईएनसँगको विशेष कुराकानीमा मन्त्री भट्टराईले यो वर्ष विगतका वर्षहरुभन्दा भिन्न हुने बताउनुभएको हो । नेपाल आउने पर्यटकले नेपालीको एकता, उत्साह र जाँगरलाई थप हौसला प्रदान गर्ने मन्त्री भट्राईको भनाइ छ । 

भ्रमण वर्षलाई मध्येनजर गर्दै विभिन्न क्षेत्रमा प्राकृतिक, धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुलाई सिंगार्ने काम भइरहेको छ । पर्यटकीय क्षेत्रमा नेपाली कला सँस्कृतिको प्रदर्शनीसमेत हुने नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले जानकारी दिएको छ । पर्यटनका माध्यमबाट गरिबी निवारण गर्ने लक्ष्यसहित राष्ट्रिय अर्थतन्त्रमा १० प्रतिशतको योगदान पु¥याउने दशवर्षे लक्ष्य सरकारले लिएको छ । 

भ्रमण वर्षको पहिलो दिन काठमाडौंको दशरथ रंगशालामा हुने विशेष समारोहमा सहभागी हुन भारत, चीन, जमैका र म्यानमारका पर्यटन मन्त्री हिजै काठमाडौं आइपुग्नुभएको छ । उद्घाटन समारोहमा चार देशका पर्यटन मन्त्रीसहित ७ देशको प्रतिनीधित्व रहने जनाइएको छ । 


विराटनगर । रातो तारा डट कम, विराटनगरको जोगवनी नाका हुँदै ९५ जना महिलालाई चेलीबेटी बेचबिखन विरुद्ध काम गरिरहेको संस्था माइती नेपालको सक्रियतामा भारत लैजानबाट रोक लगाइएको छ ।

एक वर्षको अवधिमा शंकास्पद हिसावमा भारततर्फ लैजान खोजिएकाहरुलाई बेचबिखनको उच्च जोखिममा परेको हुन सक्ने आशंकामा रोकिएको हो । सन २०१९ जनवरीमा १३, फेब्रुअरीमा ६, मार्चमा १०, अप्रिलमा ६, मेमा ५, जुनमा ११, जुलाईमा १२, अगस्टमा ११, सेप्टेम्बरमा २, अक्टोबरमा ६, नोभेम्बरमा ६ र डिसेम्बरमा ७ महिलालाई भारततर्फ जान रोक लगाइएको हो । फर्काइएकामा सबै भन्दा बढी मोरङका रहेको माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

फर्काइएका मध्ये ३२ जना मोरङका, १० जना सुनसरी, १० जना झापा, १२ जना उदयपुर, काठमाडौं,भक्तपुर, इलाम, रुकुम, ताप्लेजुङ, कास्की र पाँचथरका एक÷एक, सिरहा, सप्तरी, संखुवासभा, बाँके, सिन्धुली र सोलुखुम्बुका दुई÷दुई, खोटाङ र धनकुटाका पाँच÷पाँच जना छन् । त्यस्तै एक भारतीय महिलालाई पनि जोगवनी नाका हुँदै लैजान खोजिएको माइती नेपालले जनाएको छ ।

भारत जान रोक लगाइएकाहरुलाई केही समय संरक्षण दिएर परिवारका सदस्य र अभिभावकको जिम्मा लगाइएको पोखरेलले बताए । उनकाअनुसार बेचबिखनकै लागि लैजान खोजिएको पुष्टि भएपछि महिलाहरुलाई नेपाल र भारतीय प्रहरीको सहयोगमा फर्काउनु परेको हो ।

त्यस्तै एक वर्षको अवधिमा ४६ जना महिला हराएको निवेदन माइती नेपालमा परेकोमा छ जना फेला परेका छन् । एक वर्षको अवधिमा माइती नेपालमा १५ जना महिलामाथि घरेलु हिंसा र तीन जनामाथि बलत्कार भएको उजुरी परेको छ । त्यस्तै दुईवटा मानव बेचबिखन सम्बन्धी मुद्दा माइती नेपालको पहलमा दर्ता भएको संयोजक पोखरेलको भनाइ छ । परेका उजुरीमा कारबाहीका लागि माइती नेपाल आफैले पहल गर्ने गरेको छ ।

संयोजक पोखरेलले मोरङका स्थानीय तह मध्ये सुन्दरहरैंचा नगरपालिका र विराटनगर महानगरपालिका चेलीबेटी बेचबिखनका हिसावले बढी जोखिमपूर्ण रहेको पाइएको जानकारी दिए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.